विपक्षी दलहरुले आज राष्ट्रपति पौडेलको ध्यानाकर्षण गराउँदै
बुधबार, कार्तिक ०७, २०८१ मा प्रकाशित

काठमाडौँ,कार्तिक ७/नेकपा माओवादी केन्द्रसहितका विपक्षी दलहरुले आज राष्ट्रपति रामचन्द्र पौडेलको ध्यानाकर्षण गराउने भएका छन्।

सरकारका कामकारबाहीबाट असन्तुष्ट विपक्षी दलहरुले आज अपराह्न ४ बजे शितल निवास पुगेर राष्ट्रपतिको ध्यानाकर्षण गराउन लागेका हुन्।

यसअघि माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, एकीकृत समाजवादी पार्टी र आम जनता पार्टीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर ध्यानाकर्षण पत्र बुझाएका थिए। नागरिकन्युजबाट साभार

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय