प्रधानमन्त्रीको दाबी: सरकारले आफूले गर्छु भनेको ७० प्रतिशत काम गर्‍यो
बुधबार, कार्तिक ०७, २०८१ मा प्रकाशित

काठमाडौँ,कार्तिक ७ / प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले १०० दिनभित्र गर्छु भनेका ७० प्रतिशत काम पूरा गरेको बताएका छन्। बुधबार सरकारका १०० दिनका उपलब्धि सार्वजनिक गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन्।

‘साउन ६ गते विश्वासको मत लिँदा मैले यो सरकारका पाँच वटा प्राथमिकता रहेको प्रतिबद्धता जनाएको थिएँ,’ उनले भने, ‘जसमा थालेका काम अगाडि बढाउने र निर्धारित समयमा सक्ने कुरालाई सरकारले पहिलो प्राथमिकतामा राखेको थियो।’ जसमा पहिलो १०० दिनमा काम थालेका कामलाई प्रधानमन्त्री र मन्त्रीबिच कार्यसम्पादन सम्झौता भएर कामको वर्गीकरण गरिएको प्रधानमन्त्री ओलीले बताए।

प्रधानमन्त्री मन्त्रीबिच कार्यसम्पादन हुँदा पहिलो १०० दिन, दोस्रो १०० दिन र बाँकी दिनमा पूरा गर्ने गरी कामको वर्गीकरण भएको थियो,’ उनले भने,‘जसमा पहिलो सय दिन २७४ ओटा काम पूरा गर्ने लक्ष्य राखिएको थियो।’ जसमध्ये १८५ वटा काम सकिएको प्रधानमन्त्री ओलीले बताए।

उनले भने,‘अर्थात् यस सरकारले आफूले गर्छु भनेका ७० प्रतिशत काम सम्पन्न गरेको छ। यदि प्रकृति प्रतिकूल नभइदिएको भए ३० प्रतिशत काम पूरा गथ्र्यों।’नागरिकन्युजबाट साभार

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय