बर्दिया,कार्तिक १४(फरकसमाचार)/ नेपालीहरुको महान् चाड शुभदिपावलीमा राति १० बजेसम्म मात्र देउसी भैलो खेल्न जिल्लावासीलाई प्रशासनले अनुरोध गरेको छ । देउसी भैलोलगायत सांस्कृतिक कार्यक्रमहरु आयोजना गर्दा शान्तिपुर्ण मर्यादित, अनुशासित र व्यवस्थित ढंङ्गले राति १० बजेसम्म मात्र गर्न प्रशासनले अनुरोध गरेको हो ।
चाडपर्वहरुले धार्मिक एवम् ऐतिहासिक महत्व राख्दै सांस्कृतिक गौरव बढाउन महत्वपुर्ण योगदान पु¥याएका हुन्छन् । चाडपर्वहरुको यस अवसरमा शान्ति सुरक्षामा असर पर्ने गरि सार्वजनिक स्थानमा होहल्ला एवम् भैm झगडा गर्ने, मादक पदार्थ सेवन गरि पारिवारिक एवम् सामाजिक जनजीवन तथा सार्वजनिक मर्यादा र शान्ति खलल गर्ने, कानुन विपरीत जुवातास, पटाका आतसवाजी जस्ता विपद् जोखिम निम्त्याउने तथा वातावरण प्रदुषण हुने विस्फोटक एवम् प्रज्वलनशील पदार्थको प्रयोग, ओसारपसार, विक्री वितरण गर्ने जस्ता कार्य नगर्न प्रशासनले आग्रह गरेको छ ।
कानुनले निषेध गरेका गतिविधि कोही कसैले गरेमा प्रहरी वा जिल्ला प्रशासन कार्यालयमा जानकारी गराउन प्रशासनले जारी गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ ।
त्यसैगरि दिपावली बत्तिको पर्व भएकोले दियो, मैनबत्ति तथा विद्युतिय बत्तीहरुको प्रयोग गर्दा आगलागी हुने करेन्ट लाग्ने जस्ता जोखिम हुन्छन् । जसकारणले बत्ति बाल्दा वा झिलिमिली लगाउँदा आमसर्वसाधारणले विषेश ध्यान दिन जरुरी छ ।