गृहमन्त्री लेखकले गरे कोरलानाकामा अध्यागमन कार्यालयको उद्घाटन
बुधबार, कार्तिक १४, २०८१ मा प्रकाशित

काठमाडौं,कार्तिक १४ /चीनको तिब्बतसँग सिमाना जोडिएको मुस्ताङको उत्तरी कोरलानाकामा निर्माण भएको अध्यागमन विभागको कार्यालयको उद्घाटन गरिएको छ।

बुधबार बिहान गृहमन्त्री रमेश लेखकले बुधबार बिहान कोरालानाका पुगेर कार्यालयको उद्घाटन गरेका हुन्। त्यस्तै  गृहमन्त्री लेखकले लोमान्थाङ—१  छोसेरस्थित नेचुङमा नवनिर्मित (बीओपी) भवनको पनि उद्घाटन गरेका छन्। गृहमन्त्री लेखकसहित रक्षामन्त्री मानवीर राई, मन्त्रालयका सचिव, उच्चपदस्थ कर्मचारीसहितको टोली उद्घाटनका लागि नेपाली सेनाको हेलिकोप्टर चढेर बुधबार बिहान कोरलानाका पुगेका हुन्।

सरकारी टोलीमा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, अध्यागमन विभागका महानिर्देशक गोविन्द रिजाल, प्रधान सेनापति  अशोकराज सिग्देल, प्रहरी महानिरीक्षक बशन्तबहादुर कुवर,सशस्त्र प्रहरी बल नेपालका महानिरीक्षक राजु अर्याल  र राष्ट्रिय अनुसन्धान प्रमुखलगायत सहभागी छन्।

भारतीय नाकाबन्दीपछि सरकारले कोरलानाकालाई विशेष प्राथमिकतामा परेर पूर्वाधार निर्माण तथा सडक सञ्जाल विस्तारलाई अघि बढाइरहेको छ। नाकामा सरकारले भन्सार ,क्वारेन्टाइन,इमिग्रेसन, सुख्खाबन्दरगाह र एकिकृत सुरक्षा पोस्टको भौतिक पूर्वाधार निर्माणका लागि  १ हजार रोपनी जमिन छुट्याइसकेको छ। नागरिकन्युजबाट साभार

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय