बर्दिया,कार्तिक २१(फरकसमाचार)/ बेमौसमी वर्षात्ले किसानले काटेर खेतमा राखेको धान बालीमा क्षति पु¥याएको छ । सोमबार राति भएको वर्षात्ले बारबर्दिया नगरपालिकाका चार वटा वडाका किसानको धानबालीमा क्षति पु¥याएको हो ।
जिल्लाको कुन कुन ठाउँमा वर्षात् भई धानबालीमा क्षति पुगेको पुरै विवरण आएको छैन । जिल्लामा सोमबार कतै वर्षात् भएको छ भने कतै भएको छैन । सोमबार भएको अप्रत्यासित वर्षात्ले किसान दुखी भएका छन् । काटेर खेतमा रहेको धानबाली भिजेको छ ।
बारबर्दिया नगरपालिका–८,९, १० र ११ मा सोमबार अप्रत्यासित वर्षात् भएको छ । वर्षात् हुँदा किसानले खेतमा काटेर राखेको धानबालीमा क्षति पुगेको बारबर्दिया नगरपालिकाका सुचना अधिकारी कृष्ण प्रसाद गौतमले बताए । ‘औरी, रम्मापुर, बैदी, बेलभार, कतर्निया र लम्कीफाँटलगायत स्थानमा सोमबार बढी वर्षात् भएको छ,’सुचना अधिकारी गौतमले भने,‘खेतमा काटेर राखेको धान डुबेको छ ।’ धानबालीमा पुगेको क्षतिको ठ्याक्कै तथ्यांक आएको छैन । क्षतिको विवरण संकलन भईरहेको सुचना अधिकारी गौतमले जानकारी दिए ।
हाल देशभर पश्चिम वायुको र स्थानीय वायुको प्रभाव रहेको छ । बारबर्दिया नगरपालिकामा सोमबार भएको वर्षा पश्चिम वायुको र स्थानीय वायुको प्रभाव हो । मंगलबार पनि हल्का बादली रहेको रह्यो । बादलीले देखिदाँ किसानले धान काट्न रोकेका छन् ।