आर्थिक सुधार र संविधान संशोधनको काम हुँदैछः प्रधानमन्त्री ओली
सोमबार, कार्तिक २६, २०८१ मा प्रकाशित

काठमाडौं,कार्तिक २६/ प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको आर्थिक सुधार र संविधान संशोधनको विषयमा आवश्यक छलफल भइरहेको बताएका छन्।

विराटनगर विमानस्थलमा सञ्‍चारकर्मीलाई छोटो प्रतिक्रिया दिनेक्रममा उनले उक्त कुरा बताएका हुन्। समयको व्यस्तता र अभावका कारण पत्रकारहरुसँग पछि कुरा गर्ने उनको भनाइ थियो।

सो अवसरमा प्रधामन्त्री ओलीलाई कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की, नेपाल कम्युनिष्ट पार्टी (एमाले) कोशी प्रदेश कमिटीका इन्चार्ज एवं पूर्वमुख्यमन्त्री शेरधन राई, सो पार्टीका प्रदेश अध्यक्ष घनश्याम खतिवडा, मोरङका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराई, सुरक्षा निकायका प्रमुखहरु, पार्टीका उच्चपदस्थ पदाधिकारीहरु एवं कार्यकर्ताहरुले स्वागत गरेका थिए। नागरिकन्युजबाट साभार

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय