काठमाडौँ,कार्तिक २७/ काठमाडौँबाट भैरहवातर्फ प्रस्थान गरेको बुद्ध एयरको विमान खराब मौसमका कारण पोखरा ‘डाइभर्ट’ भएको छ । ९ एन–एएनपी विमान भैरहवाको आकाशमा तीन फन्को मारेर अनुकूल मौसमको प्रतीक्षामा रहे पनि तत्काल मौसम खुल्ने सम्भावना नभएपछि पोखरातर्फ ‘डाइभर्ट’ भएको हो ।
उक्त विमान केही समयअघि पोखरा विमानस्थलमा अवतरण गरेको विमानस्थलका सूचना अधिकारी जसुदा पौडेलले जानकारी दिइन् ।
खराब मौसमका कारण भैरहवा विमानस्थल मंगलबार खुल्न सकेको छैन । कास्की प्रहरीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई बयानका लागि मंगलबार भैरहवा लैजान खोजिए पनि भैरहवाको आकाश नखुलेका कारण विमान उड्न ढिला भएको छ । रातोपाटीबाट साभार