जनजागृति र राजापुर विजयी
मङ्गलबार, मङि्सर ११, २०८१ मा प्रकाशित

बर्दिया,मंसिर ११(फरकसमाचार)/ बर्दिया कप २०८१ को तेस्रो दिनको खेलमा जनजागृति युवा क्लव र राजापुर नगरपालिका विजयी भएको छ । सोमबार भएको पहिलो खेलमा जनजागृति र दोस्रो खेलमा राजापुर नगरपालिका विजयी भएको हो ।

बर्दिया क्रिकेट एकेडेमी बिलाई जनजागृतिले ३० रनले पराजित गरेको थियो । टस जितेर पहिला व्याटिङ्ग गरेको जनजागृतिले निर्धारित १७ ओभरको खेलमा ७ बिकेट गुमाई १ सय २८ रन जोडेको थियो । जसमा निलिख खत्रीले ५५ रनको योगदान दिएका थिए ।

१ सय २९ रनको लक्ष्य पछ्याएको बर्दिया क्रिकेट एकेडेमी बि ले १६ ओभरमा ९८ रन जोड्दै अलआउट भएको थियो । पहिलो खेलमा जनजागृतिका निखिल खत्री म्यान अफ द म्याच घोषित भएका थिए ।

त्यसैगरि दोस्रो खेलमा राजापुर नगरपालिकाले निर्धारित १८ ओभरमा ८ बिकेट गुमाई १ सय ३८ रन जोडेको थियो । १ सय ३९ रनको लक्ष्य पछ्याएको कृष्णसारले निर्धारित १० ओभरमा ५४ रन बनाएर अलआउट भएको थियो । दोस्रो खेलमा म्याच अफ द म्याच सिदान्त राज शाही घोषित भएका थिए ।

आज मंगलबार पहिलो खेल बर्दिया क्रिकेट एकेडेमी बि भर्सेस बर्दिया क्रिकेट एकेडेमी ए र दोस्रो खेल राजापुर नगरपालिका भर्सेस जनजागृति युवा क्लवको हुने जिल्ला क्रिकेट संघ बर्दियाका सदस्य सिद्धार्थ श्रेष्ठले जानकारी दिए ।
पहिलो खेल बिहान साढे ९ बजे र दोस्रो खेल दिउँसो १ बजे देखि हुने जनाईएको छ ।

गुलरिया नगरपालिका र ब्ल्याक बक युथ क्लवको सहयोग तथा जिल्ला क्रिकेट संघ बर्दियाको आयोजनामा गुलरिया नगरपालिका–४ कबर्ड हल मैदानमा क्रिकेट प्रतियोगिता शनिबार देखि सुरु भएको छ । प्रतियोगिताको फाइनल खेल मंसिर १४ गते हुनेछ । क्रिकेट प्रतियोगितामा जिल्लाका पाँच वटा टिमले सहभागिता जनाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर