बर्दिया, मंसिर १२/ भारतको कतरनिया वन्यजन्तु संरक्षण क्षेत्रबाट नेपाल प्रबेश गरेको रेडियो कलर जडित पाटे बाघ दर्जन बढि सामुदायिक वनमा आश्रय स्थल बनाएको छ ।
पाटे बाघ गत बुधवार अन्तराष्ट्रिय जैविक मार्ग खाताबाट नेपाल प्रबेश गरेपछि बर्दिया निकुन्ज तर्फको बाटो अलमलिएको सात वर्षको वयस्क पाटे बाघ पश्चिम तर्फको सामुदायिक वन हुदै बर्दियाको पुर्वी तर्फका सामुदायिक वन तर्फ लम्किरहेको छ ।
रेडियो कलर जडित भारतीय बाघलाई भारतीय पक्षले लोकेश पत्ता लगाउँदै नेपाल तर्फ जानकारी गराउँदा उक्त पाटे बाघ खोज्दै वन प्रशासन, राष्ट्रिय संरक्षण कोष, र निकुन्ज प्रशासनको बिज्ञ टोली रात दिन भौतारीरहेको पाटे बाघको खोजी गर्दै कुदिरहेको छ । रातदिन कुद्न लागेको एक साता हँुदा समेत पाटे बाघको वास्तविक अवस्था अझै पत्ता लागेको छैन ।
एक दिनमा १५ किलोमिटर बढि जंगल क्षेत्रका बस्ती नजिक देखिने उक्त बाघको अवस्था सामाजिक संजालमा एक घन्टाको अन्तरालमा बिभिन्न ठाउँमा देखिएको भन्दै आम सर्वसाधारण सचेत गराउँदै आएका छन् । भारतबाट बिच्चिकएर नेपाल प्रबेश गरेको बाघबाट मानविय क्षति हुन नदिन बाघ अघिअघि हिँडे पनि बिज्ञ टोली पछिपछि खोज्दै हिडिँरहेको छ ।
जिल्लाको सदरमुकामा गुलरिया स्थित कृष्णसार संरक्षण क्षेत्र नजिक पाटे बाघ सोमबार दिउँस देखिएको थियो । भारतीय पक्षले बाघको अवस्था पत्ता लगाउँन प्रत्येक घन्टा अपडेट सहित जानकारी दिईरहेको वन कर्मचारी बताउँछन् ।
बरिष्ठ वन अधिकृत राम कुमार चौधरीका अनुसार गुलरिया स्थित कृष्णसार संरक्षण क्षेत्रमा नजिक देखिएको बाघ मंगलबार दिउस पुरानोे बाटो हुदै कुसुम्बाघाट स्थित सामुदायिक वनमा रहेको रेडियो कलरले देखाएको छ । ‘बाघको लोकेशनमा खोज्दै हिड्दा हिड्दै टोली दश किलोमिटर हिडिसक्यो’उनले भने,‘कुसुम्बाघाट स्थित लोकेशनबाट पत्ता लागेपनि हामीले खोज्दै हिड्दा कहि कतै देखेनौ ।’
एक साता देखि भोको रहेको पाटे बाघले अप्रिय घटना निम्त्याउँन जोखिम बढिरहेको छ । वन प्रशासनका अनुसार पाटे बाघले घर पालुवा वा जंगलि जनावर खाएको भेटिएको छैन । गाउँ वस्ती तिर गाई वस्तुलाई समेत आक्रमण नगरेको बरिष्ठ अधिकृत चौधरीले जानकारी दिए । बिज्ञ टोलीका अनुसार पूर्बी सामुदायिक वन हुदै पुनः पश्चिम तर्फ हिडिँरहेको भेटिएकाले एक वा दुई दिन भित्र पूरानै आश्रय स्थल तर्फ फर्कने अनुमान बिज्ञ टोली गर्छन् ।
बाघमा जडित रेडियो कलर खोजी गर्न घन्टै पिच्छे घन्टी बजाउँदा बाघ त्रसिएर रात दिन दौडिरहेको हुन सक्ने नाम नखोल्ने कर्मचारी बताउँछन् । ‘बाघ एक त नयाँ ठाउँमा आएको छ,’उनी भन्छन,‘घन्टै पिच्छे रेडियो कलरमा रहेको घन्टी बज्दा त्रसिएर जथाभावी हिडिँरहेको हुन सक्छ ।’ बाघ आक्रमण गर्न सक्ने त्यस्ता ठाउँमा नजान प्रशासनले बिभिन्न बुलेटिन मार्फत आम सर्वसाधारणलाई सचेत गराईरहेको छ । स्रोत नागरिकन्युज