बर्दिया मंसिर १३ / ठाकुरबाबा नगरपालिका ४ नम्बरको वडाको उपनिर्वाचनका लागि दुई मतदान केन्द्रमा पाँच वटा बुथ मार्फत भोट खसाल्ने तयारी गरिएको छ । दुई मतदान केन्द्रमा रहने पाँच वटा बुथको स्थान छनोट भईसकेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ । दुई वटा मतदान केन्द्र र पाँच वटा बुथमा २५ जना कर्मचारीको खटनपटन गरिसकेको मुख्य निर्वाचन अधिकृत मनोज श्रेष्ठले बताए ।
उनका अनुसार पाँच वटा बुथमा पाँच–पाँच जना कर्मचारीको प्रबन्ध मिलाईएको छ । कर्मचारी नियूत्ति लगायतका काम कार्यालयले टुगांएको छ । यसैगरी मतदान अधिकृत र सहायक मतदान अधिकृतको तालिम सम्पन्न भईसकेको छ । तालिम प्राप्त मतदान अधिकृत र सहायक अधिकृतलाई निर्वाचन सामाग्री हस्तान्तरण गरेर निर्वाचन क्षेत्रमा पठाउँने तयारी मुख्य निर्वाचन अधिकृतको छ । भोट खसाल्दा मतदाताले पाँच वटा बुथ प्रयोग गर्नेछन् ।
उपनिर्वाचनका लागि मूख्य निर्वाचन कार्यालयले कर्मचारी खटन पटन देखि मतदाता आवागमन गर्न सक्ने गरी सडकको अबस्थाको बारेमा सम्बन्धित सरोकारवालाले अनुगमन गरिसकेका छन् । आसन्न उप निर्वाचनका लागि मतदाताको सुरक्षा, मतदान केन्द्र र बुथको सुरक्षाका संबेदनशिलतालाई हेरेर पटक पटक अनुगमन गरिसकेको छ ।
वडामा ३ हजार ५ सय १० मतदाता रहेका छन् । जसमध्ये महिला १ हजार ८ सय ३९ र पुरुष १ हजार ६ सय ७१ जना रहेका छन् । २ मतदान केन्द्र र ५ मतदान स्थल रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । मंसिर १६ गते तोकिएको आसन्न निर्वाचनका लागि वडा अध्यक्ष पदको उपनिर्वाचनका लागि ६ राजनीतिक पार्टी निर्वाचन प्रतिस्पर्धामा उत्रिएका छन् ।
बाहिरी घेरामा सेना
उपनिर्वाचनलाई मध्य नजर गर्दै र सुरक्षा संबेदनशिलता हेरेर उदघाटन, शिलान्यास जस्ता गतिबिधि रोकिरहेको अबस्थामा आसन्न उपनिर्वाचनको सुरक्षा प्रबन्धको लागि मुख्य निर्वाचन अधिकृतको कार्यालयले गृह कार्य सम्पन्न गरेको गरिसेकेको छ । आसन्न निर्वाचनमा मतदान केन्द्र र बुथमा कडा सुरक्षा व्यबस्थाको प्रबन्ध मिलाएको छ ।
सुरक्षा संबेदनशिलतालाई हेरेर बाहिरी घेरामा आफ्नो भूमिकामा नेपाली सेनाले निर्वाहा गर्ने मूख्य निर्वाचन अधिकृत श्रेष्ठले बताए । ‘नेपाल प्रहरी र सशस्त्र प्रहरी पनि निर्वाचन अवधिभर व्यापक रुपमा परिचालित हुन्छन’उनले भने,‘मतदान केन्द्र र बुथका लागि तीन घेराको सुरक्षा रणनिति अपनाईएको छ ।’ उनका अनुसार पहिलो घेरामा नेपाल प्रहरी, दोस्रोमा सशस्त्र प्रहरी र बाहिरी घेरामा सेनाले सुरक्षा दिनेछन । स्रोत नागरिकन्युज