ठाकुरबाबा–४ मा आज साँझ सात बजेसम्म सवारीसाधन बन्द रहने
आइतबार, मङि्सर १६, २०८१ मा प्रकाशित

बर्दिया,मंसिर १६(फरकसमाचार)/ ठाकुरबाबा नगरपालिका–४ मा वडा अध्यक्ष पदको आज आइतबार (मंसिर १६ गते) उपनिर्वाचन हुदैछ । उपनिर्वाचनलाई स्वच्छ, निष्पक्ष एवम् प्रभावकारी बनाउन जिल्ला सुरक्षा समितिको निर्णयानुसार निम्न स्थानमा सवारीसाधन निषेध गरिएको हो ।

मिति २०८१/८/१५ गते राती १२ बजेदेखि २०८१/८/१६ गते साँझसम्म निर्वाचन प्रयोजनका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालयबाट अनुमति प्राप्त सावरीसाधन बाहेक अन्य सार्वजनिक, निजी, सरकारी(दुई,तीन र चार पाङ्ग्रे) निम्न स्थानको लागि रोक लगाई वैकल्पिक मार्गको व्यवस्था गरिएको जिल्ला प्रशासन कार्यालय बर्दियाले जनाएको छ ।

ठाकुरबाबा नगरपालिका–४ र ५ को सिमाना बनकट्टी, गोबिन्दपुर होमस्टे जाने बाटो, बगनाहा चोक, बबानपुर पिपल चोक, सैनवार चोक, मानपुर देखि चेकपोष्ट जाने बाटो, खैलार, जम्ती चोक, नेपाली सेना चेकपोइन्ट सैनवार, अन्य सहायक बाटोहरुसमेत वडा नं. ४ मा सवारी साधन प्रवेशमा निषेध गरिएको छ ।

त्यसैगरि किसान मावि बनकट्टी देखि पश्चिम तकिया गाउँ हुदै जुटपानी–मिर्चैया, नेउलापुर–कन्चनपुर–भुरिगाउँ बजार र शाहीपुर हुँदै बनबिर पिपल चौतारा पुर्वपश्चिम राजमार्गमा जोडिनका लागि उक्त बैकल्पिक मार्गहरु खुल्ला गरिएको प्रशासनले जनाएको छ ।

आफै हिंडडुल गर्न नसक्ने सुत्केरी, गर्भवती महिला, शारीरिक रुपले अशक्त, अपाङ्गता भएका व्यक्ति, हिडडुल गर्न नसक्ने ज्येष्ठ नागरिक मतदाताको लागि मुख्य निर्वाचन अधिकृतको कार्यालयबाट अनुमति लिएका सवारी साधनको नियमन गरिने प्रशासनले शनिबार जारी गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर