बर्दिया,मंसिर १७(फरकसमाचार)/ ठाकुरबाबा नगरपालिका–४ को वडा अध्यक्षमा नेपाली काँग्रसका अमिन थारु विजयी भएका छन् । आइतबार भएको उपनिर्वाचनबाट नेपाली काँग्रेसका उम्मेदवार थारु वडा अध्यक्ष पदमा विजयी भएका हुन् । अमिन थारुले १ हजार ४३ मत पाएर विजयी भएका छन् ।
त्यसैगरि नागरिक उन्मुक्ति पार्टीका प्रितीलाल थारुले ७०, राष्ट्रिय स्वतन्त्र पार्टीका बासुदेव शर्माले १७, राष्ट्रिय प्रजातन्त्र पार्टीका रत्न बहादुर शाहीले ५२, नेपाल कम्युनिष्ट पार्टी (एकीकृत माक्र्सवादी लेनिनवादी)का विष्णु प्रसाद देवकोटाले ३ सय ३७ र नेकपा माओवादी केन्द्रका शेर बहादुर थारुले ६ सय ७८ मत पाएका थिए । ४० म तबदर भएको मुख्य निर्वाचन अधिकृतको कार्यालले जनाएको छ ।
ठाकुरबाबा–४ नं. वडा अध्यक्ष पदको लागि ६ राजनीतिक पार्टीबाट उम्मेदवारले सहभागिता जनाएका थिए । उक्त वडामा जम्मा ३ हजार ५ सय १० मतदाता रहेका थिए जसमा कुल २ हजार २ सय ३९ मत खसेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।