नेपालगन्जमा लुम्बिनी कप महिला फुटबल हुँदै
सोमबार, मङि्सर १७, २०८१ मा प्रकाशित

बाँके,मंसिर १७/ नेपालगन्जमा लुम्बिनी कप महिला फुटबल प्रतियोगिता हुने भएको छ। बाँके जिल्ला फुटबल संघको सहकार्यमा अन्तराल नेपालगन्जले प्रतियोगिता आयोजना गर्न लागेको हो।

आगामी फागुन अन्तिम अन्तिम साता हुन लागेको प्रतियोगिताको आवश्यक तयारी सुरु गरिएको अन्तरालका प्रमुख कार्यकारी जयनारायण शाहले बताए। नेपाली राष्ट्रिय महिला फुटबल टिमको पहिलो कप्तान रमा सिंह र वर्तमान कप्तान एन्जिला तुम्बाप्पो सुब्बाले संयुक्त रुपमा प्रतियोगिताको लोगो सार्वजनिक गरेका छन्।

‘प्रतियोगिताको लोगोमा शान्तिका अग्रदुत गौतमबुद्ध,  महिला फुटबल खेलाडीको आकृति र नेपाली राष्ट्रिय झण्डाको नीलो र सिम्रिक रातो रङ्ग समेटिएको छ,’ शाहले भने। नेपालगन्ज रंगशालामा हुने प्रतियोगितामा नेपाल र भारतका ८ टिमको सहभागिता रहने उनले जानकारी दिएका छन्।

महिला फुटबलको विकासमा प्रतियोगिता महत्त्वपूर्ण साबित हुने प्रमुख कार्यकारी शाहको दाबी छ। लुम्बिनी कप नेपालकै प्रतिष्ठित फुटबल प्रतियोगिता हुने आयोजकले विश्वास लिएको छ। नागरिकन्युजबाट साभार

प्रतिक्रिया

सम्बन्धित खवर