सामाजिक सेवा इकाइ र जेरियाट्रिक कार्यक्रमको प्रगति विवरण सार्वजनिक
मङ्गलबार, मङि्सर १८, २०८१ मा प्रकाशित

बर्दिया, मंसिर १८ (फरकसमाचार)/ बर्दिया अस्पतालमा संचालनमा रहेको सामाजिक सेवा इकाई र जेरियाट्रिक स्वास्थ्य सेवा कार्यक्रमको पहिलो चौमासिकको प्रगति विवरण सार्वजनिक गरिएको छ । चालु आर्थिक वर्ष ०८१/०८२ को साउन देखि कार्तिक महिनाको प्रगति विवरण सार्वजनिक गरिएको हो ।

लक्षित समुह र आर्थिक स्थिती कमजोर भएका बिरामीलाई उपचारबाट बञ्चित हुन नदिन बर्दिया अस्पतालमा आव ०७४/०७५ मा सामाजिक सेवा इकाइ स्थापना भई संचालनमा छ । लक्षित समुहलाई स्वास्थ्य सेवाहरु उपलब्ध गराउने र ज्येष्ठ नागरिकहरुलाई निःशुल्क वा सहुलियत रुपमा तोकिएका विशेषज्ञ सेवाहरु उपलब्ध गराउने उदेश्यले अस्पतालमा सामाजिक सेवा इकाई /जेरियाट्रिक स्वास्थ्य सेवा कार्यक्रम संचालित छन् ।

बर्दिया अस्पतालमा रहेको सामाजिक सेवा ईकाईले गरिब, असहाय, अपांङ, जेष्ठ नागरिक, लैङ्गिक हिंसा प्रभावित बालबालिका, महिला स्वास्थ्य स्वयंसेविका, प्राकृतिक प्रकोपबाट प्रभावित, शहिद परिवार, कुपोषित बालबालिका, दुर्घटनामा परेका आकस्किम बिरामी अभिभावक नभएका, प्रहरीबाट ल्याएका थुनुवा र सिमान्कृत तथा लोपोन्मुख आदिवासी जनजातिलाई विषेश प्राथमिकता राखी सेवा प्रदान गरिरहेको छ ।

चालु आर्थिक वर्ष ०८१/०८२ सामाजिक सेवा इकाईको वार्षिक बजेट रु २० लाख र जेरियाट्रिक स्वास्थ्य सेवा कार्यक्रमको रु १५ लाख प्राप्त भएको बर्दिया अस्पताल सामाजिक सेवा इकाइका सहजकर्ता हेमन्त चौधरीले बताए । ‘सामाजिक सेवा इकाइतर्फ पहिलो चौमासिकमा १ सय ९६ जनाले निःशुल्क सेवा लिएका छन्,’सहजकर्ता चौधरीले भने,‘त्यसैगरि जेरियाट्रिक तर्फ पहिलो चौमासिकमा २ सय ७२ जनाले निःशुल्क सेवा पाएका छन् ।’

सामाजिक सेवा इकाईतर्फ १ सय ९६ बिरामीले रु ३ लाख ४७ हजार ५ सय २८ बराबराको स्वास्थ्य उपचार सेवा लिएका छन् भने १९ जनाले रु ४० हजार ४ सय बराबरको एम्बुलेन्स सेवा लिएका रेकर्ड छ ।

त्यसैगरि जेरियाट्रि कार्यक्रमतर्फ २ सय ७२ जना बिरामीले रु ४० लाख ७ हजार ४ सय ४९ बराबरको स्वास्थ्य सेवा लिएका छन् भने १२ जना बिरामीले रु २० हजार ३ सय ५० बराबरको एम्बुलेन्स सेवा लिएको तथ्यांक छ ।

प्रतिक्रिया

सम्बन्धित खवर