बर्दियामा नवनिर्मित टेनिस कोर्टको उद्घाटन
बिहिबार, मङि्सर २०, २०८१ मा प्रकाशित

दीपक शर्मा

बर्दिया,मंसिर २०/ गुलरियामा नवनिर्मित टेनिस कोर्टको उद्घाटन गरिएको छ । गुलरिया नगरपालिकाकी उप–प्रमुख सावित्रा गौतमले नवनिर्मित टेनिस कोर्टको उद्घाटन गरेकी हुन् ।

नवनिर्मित टेनिस कोर्टको उद्घाटन गर्दै कुनै पनि व्यक्ति अनुशासनमा रहने पहिलो माध्यम भनेको खेलकुद भएको उप–प्रमुख गौतमले बताईन् । टेनिस बर्दियाको लागि एकदमै नयाँ भएको बताउदै जिल्लामा खेलाडी उत्पादन हुने ति खेलाडीले राष्ट्रिय र अन्तराष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी जनाउन सक्ने उप–प्रमुख गौतमले विश्वास व्यक्त गरिन् ।

सो अवसरमा टेनिस संघका पुर्व केन्द्रिय अध्यक्ष मनोज राणाले नेपालमा पनि पछिल्लो पटक टेनिस खेलको विकास हुँदै गएको नयाँ नयाँ खेलाडी उत्पादन हुँदै गएको साथै खेलबाट बालबालिकाको भविष्य पनि उज्जल देखिएको बताए । टेनिस संघका केन्द्रिय सदस्य डा. निर्माण बहादुर शाहले छोटो समयमै बर्दिया टेनिस संघले कोर्ट निर्माण कार्य सम्पन्न गरेकोमा बधाई दिदै अव खेलाडी उत्पादनमा लाग्न पनि सुझाव दिए ।

गुलरिया नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत ओमकार शाहले पालिकामा रहेका खेल मैदानलाई व्यवस्थित गरी कभर्ड हल निर्माण र खेलाडी उत्पादन गर्ने पालिकाकाले योजना बनाइरहेको जनाए ।

उक्त कोर्ट निर्माण गर्ने निर्माण कम्पनी साहन्श कन्ट्रक्सनका प्रोपाइटर जगदिश अधिकारीलाई सम्मान गरिएको थियो । उद्घाटन समारोहमा पुर्व प्रहरी अतिरिक्त महानिरिक्षक राजेन्द्र सिंह भण्डारी पुर्व शसस्त्र प्रहरी अतिरिक्त महानिरक्षक प्रेम कुमार शाही, पुर्व महासेनानी ईन्द्र बहादुर शाहलगायतकाले कोर्टको अनुमगन गर्दै टेनिस खेल खेलेका थिए ।

टेनिस संघ बर्दियाका अध्यक्ष दीपक कुमार शर्माले टेनिस कोर्ट निर्माणमा सहयोग गर्दै सवैलाई धन्यवाद दिँदै लुम्बिनी, सुदुरपश्चिम र कर्णालीका कुना कुनामा रहेका प्रतिभावान खेलाडीको पहिचान गरी खेलाडीहरुको उत्पादन गर्ने उद्देश्य रहेको बताए । गुलरिया नगरपालिकाको १४ लाख रुपैयाँको सहयोगमा गुलरिया नगरपालिका– ४ खेल मैदानमा २ वटा कोर्ट निर्माण सफल भएको सुनाए ।

सो अवसरमा टेनिस संघले बालबालिकाहरुका लागि लाखौ रुपैयाँ बराबरको खेल सामाग्री टेनिस संघका पुर्व केन्द्रिय अध्यक्ष मनोज राणाले टेनिस संघ बर्दियाका अध्यक्ष शर्मालाई हस्तान्तरण गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर