सामुदायिक विद्यालयमा अंग्रेजीको माध्यमबाट अध्यापन
शुक्रबार, मङि्सर २१, २०८१ मा प्रकाशित

दीपक शर्मा

बर्दिया,मंसिर २१/ बढैयाताल गाउँपालिकामा रहेका सामुदायिक विद्यालयमा नर्सरी देखि नै अंग्रेजी माध्यमबाट अध्यापन भैरहेको छ ।

बढैयाताल गाउँपालिका वार्ड न ७ मा रहेका सामुदायिक विद्यालयमा नर्सरी देखि ५ कक्षा सम्म अंग्रेजी माध्यमबाट पढाई हुदै आएको छ ।

वडाध्यक्ष राधेश्याम थारुका अनुसार वडामा रहेका ४ वटा सामुदायिक विद्यालयमा अंग्रेजी माध्यमबाट पढाई हुदै आएको हो । नर्सरी देखि कक्षा ५ सम्मका बालबालिकालाई एउटै खालको किताबको माध्यमबाट अंग्रेजी विषय पढाउदै आइएको हो ।

वडामा रहेका ति विद्यालयबाट पढाई भैरहेको यो वडाकै योजना अनुसार काम भैरहेको अध्यक्ष राधेश्याम थारुले बताए । आर्थिक अवस्था निकै कमजोर भएका वडा वासीका नागरिकका सन्तानहरुलाई वर्तमान अवस्थामा अंगे्रजी सिक्न सानैबाट आवश्यक भएको हुँदा वडाको योजनामै पारेर काम गरिएको वडा सदस्य कृष्ण बहादुर क्षेत्री खत्रीले जनाए ।

प्रतिक्रिया

सम्बन्धित खवर