बर्दिया,मंसिर २१(फरकसमाचार)/ गुलरिया नगरपालिका–१ श्री गणेश विद्यामन्दिर आधारभुत विद्यालय शंकरबस्तीमा यौन तथा प्रजनन स्वास्थ्य मेला सम्पन्न भएको छ । कोईकाको आर्थिक सहयोग, प्लान इन्टरनेशनल नेपाल र राधाकृष्ण थारु जनसेवा केन्द्रको साँझेदारीमा गुलरिया नगरपालिकामा संचालित ‘किशोरकिशोरी यौन तथा प्रजनन स्वास्थ्य र अधिकार परियोजना’ अन्र्तगत गत शुक्रबार मेला सम्पन्न भएको हो ।
उक्त मेलामा श्री शान्ति आधारभुत विद्यालय संगमबस्तीका विद्यार्थीहरुलाई सहभागिता गराईएको थियो । मेलामा महिनावारी स्वच्छता व्यवस्थापन र किशोरकिशोरी मैत्री सुचना सम्बन्धि स्टल राखिएको थियो । स्टलको माध्यमबाट यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धि धेरै कुरा जानकारी पाएको सहभागि विद्यार्थीहरुले प्रतिक्रिया दिएका छन् ।
त्यसैगरि बालविवाह गरे शारीरिक र मानसिक रुपमा के असर पर्ने नाटकको माध्यमबाट विद्यार्थीहरुले देखाउदै बालविवाह गर्न अभिभावकहरुलाई आग्रह गरेका थिए । गुलरिया नगरपालिकाकी उप–प्रमुख सावित्रा गौतमले मेलाको उद्घाटन गरेकी थिईन् ।