लन्च भएकै दिन बिक्यो हिरोको एक्स्ट्रिम बाईक
आइतबार, पुष ०७, २०८१ मा प्रकाशित

बर्दिया,पौष ४ (फरकसमाचार)/ गुलरियामा रहेको बर्दिया अटो इन्टरप्राईजेजमा हिरो कम्पनीको नयाँ मोडेलको मोटरसाइकल लन्च भएकै दिन बिक्री भएको छ । गुलरिया नगरपालिका–६ जिल्ला प्रहरी कार्यालय अगाडि रहेको बर्दिया अटो इन्टरप्राईजेजले हिरो कम्पनीको नयाँ मोडेलको दुई वटा मोटरसाइकल बुधबार लन्च गरेको हो । हिरो मोटोकर्पले एक्स्ट्रिम १६० आर फोरभी र एक्स्ट्रिम १२५ आर सार्वजनिक गरेको छ ।

गुलरियामा हिरोको नयाँ मोडेलको मोटरसाइकल सार्वजनिक गरेकै दिन एक्स्ट्रिम १२५ आर बिक्री भएको बर्दिया अटो इन्टरप्राईजेजका प्रोप्राईटर सुरेन्द्र गौतमले बताए । ‘परिवर्तनशील बजारमा ग्राहकहरुको आवश्यकता मध्यनजर गरि नवीनतम प्रविधि आकर्षक नयाँ मोडेलको मोटरसाइकल ल्याईएको छ,’प्रोप्राईटर गौतमले भने,‘उपलब्ध गराईएका यी दुई नयाँ लुक्सका मोटरसाइकलले ग्राहक महानुभावहरुलाई सन्तुष्ट बनाउने हाम्रो विश्वास छ ।’

उद्योग वाणिज्य संघ गुलरियाका अध्यक्ष देवेन्द्र (मंगल)पाण्डे र पत्रकार महासंघ बर्दियाका अध्यक्ष निर्मल घिमिरेले संयुक्त रुपमा मोटरसाइकलमा ओढाईएको प्रर्दा हटाएर सार्वजनिक गरेका थिए ।

बर्दिया अटो इन्टरप्राईजेजले आम उपभोक्ताहरुको चाहना पुरा गर्ने उदेश्यले लन्च गरेको मोटरसाइकल उपभोक्ताहरुको रोजाईमा पर्ने र सफल व्यवसायको शुभकामना पत्रकार महासंघका अध्यक्ष घिमिरेले दिएका थिए ।

सार्वजनिक गरिएका एक्स्ट्रिम १६० आर फोरभीको मुल्य रु ३ लाख ८४ हजार ९ सय, एक्स्ट्रिम १२५ आरको मुल्य सीबीएस भेरियन्टका लागि रु २ लाख ८९ हजार ९ सय र एबीएस भेरियन्टका लागि रु ३ लाख ११ हजार ९ सय तोकिएको जनाईएको छ ।

गुलरियामा सार्वजनिक भएकै दिन बारबर्दिया नगरपालिका–१० का शिबु चौधरीले एक्स्ट्रिम १२५ आर मोटरसाइकल किनेका छन् । त्यसैगरि सोही दिन गुलरिया नगरपालिका–११ का सलिम साँईले हिरोको स्प्लेन्डर मोटरसाइकल किनेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय