बर्दियामा पहिलो पटक दोहोरी खेल प्रतियोगीता हुने
आइतबार, पुष ०७, २०८१ मा प्रकाशित

दीपक शर्मा

बर्दिया,पौष ७/ बर्दियामा पहिलो पटक जिल्ला स्तरीय प्रथम दोहोरी खेल प्रतियोगीता हुने भएको छ । राष्ट्रिय लोक दोहोरी गीत प्रतिष्ठान नेपाल जिल्ला कार्यसमिति बर्दियाको आयोजनामा पहिलो पटक जिल्ला स्तरीय प्रथम दोहोरी खेल प्रतियोगीता पुस १९ गते शुक्रवार जयदुर्गा भवानी क्लबको खेल मैदानमा हुने राष्ट्रिय लोक दोहोरी गीत प्रतिष्ठान बर्दियाका अध्यक्ष गेमराज गिरीले बताए ।

उनका उनुसार प्रतियोगीतामा सहभागीता जनाउने टिमले पुस १५ गते सम्म टिम दर्ता गराउन पाउने छन् । टिम दर्ता निशुल्क रहेको छ ।

अग्रज श्रष्टालाई सम्मान, नव प्रतिभालाई प्रोत्साहन भन्ने नाराका साथ सो खेलको आयोजना गरिएको राष्ट्रिय लोक दोहोरी गीत प्रतिष्ठान नेपाल बर्दियाका सल्लाहकार विष्णु थापा सरगमले जानकारी दिए । साथै भाग लिने कलाकारले प्रत्येक टिममा महिला र पुरुष ३/३ जना हुनुपर्ने, यदी महिला र पुरुष १/१ जना लिड गर्ने कलाकार मात्र भए आयोजकले नै थप सहयोगी कलाकार उपलव्ध गराउने भएको छ ।

साथै सो खेल प्रतियोगीतामा प्रथम हुने टिमलाई नगद १० हजारका साथमा प्रमाण पत्र मेडल, द्धितिय हुने टिमलाई ७ हजार रुपैयाका साथमा प्रमाण पत्र मेडल र तेस्रो हुने टिमलाई नगद ३ हजार प्रमाण पत्र मेडल प्रदान गरिने आयोजकले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय