बर्दिया,पौष २५(फरकसमाचार)/ पुसकोे ठिहिमा बाताबरण अनुकुलित जिल्ला प्रशासनको खचाखच सभाहलमा बिपद गोष्ठीमा बुधबार दिउँस बिषयले प्रबेश पायो । सामाजिक अभियन्ता भनेर चिनिने संघ संस्था लगायतले नागरीकलाई सुरक्षित गर्न पर्ने कुरा उठान गरे ।
सुरुमै रोस्टममा उभिएर गुलरिया नगरका नागरिकलाई सुरक्षित आफुले मात्र नगरेर प्रहरी प्रशासनले, निजि क्षेत्र, संघ संस्था गरेको अचपनत्वको र्चा गर्दे प्रचार कारितामा बिश्वास नगर्ने भएकाले अति बिपन्न नाममा धनाड्यले सेवा लिने परम्पराको नगर प्रमुख मुक्तिनाथ यादवले कटु आलोचना गरे । सुतिरहेका बिपन्न घरमा पुगेर कम्बल ओढाउँने नितिलिएर ठिहिमा अतिबिपन्नलाई सुरक्षित गरिरहेको सुनाउँदै सभाहलमा नगर प्रमुख यादवले आफ्नो दबदबा कायम राखिरहे ।
तापक्रम ओरालो लागिरहेको अबस्थामा सुतिरहेको अबस्थामा एक्कासी घरघरमा पुगेर कम्बल ओढाउँदा नगर प्रमुख यादबसँग नगरबासी मख्ख छन् । प्रजिअ रुद्रा देवि शर्माले कम्बल बाड्न बर्दिया अस्पताल पुग्नु भयो, प्रहरीले सडकमा आगो बालिरहेको छ, उद्योग बाणिज्य संघको आयोजना पत्रकार महासंघ सहकार्यमा न्यानो कपडा वितरणले गुलरिया नगरलाई बोझ कम भएको समेत नगर प्रमुखले उल्लेख गर्न भ्याए ।
विपद्को बेला नगरवासीको साथमा रहने गुलरिया नगरपालिकाका नगर प्रमुख मुक्तिनाथ यादवले बताएका छन् । जिल्ला विपद् व्यवस्थापन समिति(डिडिएमसि)को बैठकलाई बुधबार सम्बोधन यसैगरी धरातललाई टेकेर प्रष्टाउँदा नगर प्रमुखको दमदार भाषणमा सबैको ध्यान केन्द्रित भयो ।
‘विपन्न परिवारको लागि केही विवतरण गर्न खोज्दा हुनेहरु पहिलै आउँछन्,’नगर प्रमुख यादवले भने,‘जसले गर्दा विपन्न वर्गका व्यक्तिहरु नपाउँने अवस्था आउँन सक्छ ।’ तर त्यस्तो परिस्थिती आउन नदिने उनले सुनाए । चोक चोकमा आगोको व्यवस्था गर्न नगरपालिकाले काठ दाउँरा किन्ने प्रक्रिया अघि बढाएको छ । त्यसैगरि नगरपालिकाले २ लाख ५० हजार बराबरको कम्मल किनिसकेको ओढाईरहदा आत्मसन्तुष्टि मिलेको उनको भनाई छ ।
जिल्ला विपद व्यवस्थापन समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माको अध्यक्षतामा बैठक सम्पन्न भएको छ । विपद व्यवस्थापनको लागि स्थानीय तहसंग समन्वय र सहकार्य गर्ने सम्बन्धमा व्यापक छलफल गरिएको छ । जिल्लाका आठ वटै पालिकाले विपद्को तयारी र गरेको कामको बारेमा जानकारी गराएका थिए ।
जिल्ला विपद् व्यवस्थापनका क्षेत्रमा भएका कार्य जिल्लामा भएका विपद्का घटनाका सम्बन्धमा जानकारी आदान प्रदान, शीतलहर, आगलागी, सडक दुर्घटना लगायत विपद व्यवस्थापनमा देखिएका समस्या तथा समाधानका उपायहरुका सम्बन्धमा छलफल, शीतलहरबाट प्रभावित हुन सक्ने समुदाय वस्तीको पहिचान गर्ने, चिसोबाट प्रभावित अतिविपन्नलाई जिल्ला विपद् व्यवस्थापन समिति र सरोकारवालासंग समन्वय गरि न्यानो लुगा वितरण गर्ने लगायत कामा बैठकले निर्णय गरेको छ ।