खेर जाने सालका पात संकलन गरेर दुना टपरी बनाउदै बारबर्दियाका महिला
शुक्रबार, पुष २६, २०८१ मा प्रकाशित

दुर्गा आचार्य

बर्दिया,पौष २६/ बर्दियाको बारबर्दिया नगरपालिकाका महिला दिदी बहिनीहरु वनमा खेर भएर जाने सालको पात संकलन गरेर दुना टपरी उद्योग संचालमा ल्याएका छन् । बारबर्दिया नगरपालिका वडा नम्बर ७ का मध्यवर्ती सामुदायीक वनका उपभोक्ता महिला दिदी बहिनीहरु घर नजिकै रहेका सामुदायीक वनबाट सालको पात संकलन गरि दुना टपरी वनाई बिक्री गर्ने गरेका छन् ।

आर्थिक अवस्था कमजोर भएका १० जना दिदि बहिनीहरुको समूह वनाई दुनाटपरी वनाउने काममा उनीहरु आवद्ध भएका छन् । बारबर्दिया नगरपालिकाले संलग्न दिदि बहिनी हरुलाई दुना टपरी वनाउने तालिमको साथै ७ नम्बर वडा कार्यालयले दुना टपरी वनाउने मेशिन उपल्वध गराए संगै दुना टपरी वनाउने काम गरिरहेको सहभगी महिला गिता थारुको भनाई छ ।

स्थानीय पालिकाको सहयोगसंगै दुना टपरी उद्योग संचालमा आएपछि मध्यवर्ती सामुदायीक वनका उपभोक्ता तथा सदस्य महिलाहरु घरको कामबाट वचेको समयको सदुपयोग गर्दे आय आर्जनका लागि दुनाटपरी वनाउने काममा व्यस्त भएका छन् । बर्दिया जिल्लामा सालको पात प्रशस्त पाईनुको साथै तेतीकै खेर जाने पातबाट दुनाटपरी वानाउने भएपछि पातको सदुपयोग भई वेरोजगार महिला दिदी बहिनी हरुमा रोजगारीको समेत सृजना भएको छ । दुनाटपरी वनाउने काममालागे संगै व्यस्तताको साथै आय आर्जन समेत भएको संलग्न अर्का सहभागी रिमा थारुको भनाई छ ।

पछिल्लो समय प्लाष्टिक तथा फाईवर जन्य वस्तुहरुको प्रयोगले वतावरण तथा मानव स्वास्थ्यमा यस्ले नकारात्मक प्रभाव पादै आईरहेको अवस्थामा बारर्दिया नगरपालिका वडा नम्बर ७ लाई फाईवर तथा प्लाष्टिक मुक्त वडा वनाउने उद्धेश्यका साथ सालको पातबाट दुनाटपरी वनाउने अभियानमा लागेको छ ।

वानईएका दुनाटपरी स्थानीय वजार र हरेक सरकारी काम काजका लागि प्रयोग गर्दै आएको बारबर्दिया नगरपालिका ७ नम्बर वडा कार्यालयले जाकारी गराएको छ । प्लाष्टिक तथा फाईवर जन्य वस्तुहरुलाई निस्तेज गरि स्थानी वनमा खेरगई रहेका सालको पातको उपयोग गरि रोजगारी सृजना गर्ने उद्धेश्यका साथ वडा कार्यालय अगाडी बढेको बारबर्दिया नगरपिालिका वडानम्बर ७ का वडा अध्यक्ष ईन्द्र प्रसाद थारुले वताएका छन् ।

सथानीय पालिकाको समान्य तालिम र सानो लगानीमा खेर जाने वस्तुहरुबाट वातावरण मैत्री रोजगारी सृजना गर्न बारबर्दिया नगरपालिकाले खेलेको भुमीकाको सिको सवै जिल्लका सवै स्थानीय पालिकाले गर्न सकेमा घर आगनमानै रोजगार सृजना हुने देखिन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर