बर्दियामा एक महिनामा ३६ फरार प्रतिवादी पक्राउ
बुधबार, माघ ०२, २०८१ मा प्रकाशित

बर्दिया,माघ २(फरकसमाचार)/ पौष महिनामा ३६ जना फरार रहेका व्यक्तिहरुलाई प्रहरीले पक्राउ गर्न सफल भएको छ । पौष महिनाभरि विभिन्न कसुरमा फरार रहेका ३६ जनालाई प्रहरीले पक्राउ गर्न सफल भएको सोमबार जिल्ला प्रहरी कार्यालय द्वारा आयोजित पत्रकार सम्मेलनमा सार्वजनिक गरिएको हो ।

३६ जनाबाट १ वर्ष ९ महिना ७ दिन कैद सजाय असुलउपर गराईएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक केदार खनालले बताए । ‘त्यसैगरि रु १ लाख ८८ हजार ७९ जरिवाना असुलउपर गरिएको छ,’प्रहरी उपरीक्षक खनालले भने,‘अदालतले फैसला गरे देखि उनीहरु फरार थिए ।’

त्यसैगरि प्रहरीले पौष महिनामा गरेको सम्पुर्ण कार्यको विवरण प्रहरी उपरीक्षक खनालले आइतबार सार्वजनिक गरेका छन् । जिल्लाभर ४३ मुद्दाहरु दर्ता भएको जनाईएको छ । लागु औषधसहित १० जनालाई नियन्त्रणमा लिएको तथ्यांक छ । पौष महिनामा ट्राफिक प्रहरीले ४ सय २३ सवारीसाधनलाई कारवाही गरि रु ३ लाख ५६ हजार राजश्व उठाएको तथ्यांक प्रहरी उपरीक्षक खनालले सार्वजनिक गरे । त्यसैगरि किराना, कपडा सवारी साधन काठलगायत अन्य सामाग्री बरामद गरि रु ८लाख ९६ हजार ७ सय ८३ असुल गरेको जनाईएको छ ।

पौषमा प्रहरीले चलाएको महिला हिंसा, साईबर अपराध, लागु औषध नियन्त्रण, सवारी दुर्घटन बालविवाह लगायतका सचेतनामुलक कार्यक्रम मार्फत ५ हजार ९ सय ९८ जना लाभान्वित भएको तथ्यांक छ । प्रहरीले मोबाईल गस्ती ३ सय ६८, मोटरसाइकल गस्ती १ हजार ६ सय १०, पैदल गस्ती ५ सय ५२ र लामो दुरीको २ गस्ती गरेको प्रहरी कार्यालयको रेकर्ड छ ।

प्रहरीमा परेको २५ उजुरी मध्ये १९ वटा मिलापत्र भएको र ६ वटा बाँकी रहेको छ । घरेलु हिंसाको प्रकृतिको अनुसार परेको २३ उजुरीमा १८ सहमति गराईएको ५ वटा बाँकी रहेको तथ्यांक छ । त्यसैगरि जिल्ला प्रशासन कार्यालय मार्फत प्रहरी कार्यालयमा आएका १ सय २१ उजुरी मध्ये १ सय १२ मिलापत्र भएको ९ वटा बाँकी रहेको जनाईएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय