बर्दियामा नगदसहित ६ जुवाडी पक्राउ
शुक्रबार, माघ ०४, २०८१ मा प्रकाशित

बर्दिया,माघ ४(फरकसमाचार)/ जुवा तास खेलिरहेको अवस्थामा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ । ठाकुरबाबा नगरपालिका–१ भुरिगाउँ स्थित लक्ष्मीकान्त न्यौपानेको घरमा जुवा खेलिरहेका अवस्थामा प्रहरीले ६ जनालाई बुधबार प्रक्राउ गरेको हो ।

पक्राउ पर्नेमा ठाकुरबाबा नगरपालिका–१ का ३१ वर्षिय घरबेटी लक्ष्मीकान्त न्यौपाने, ३३ वर्षिय बिर्ष बहादुर शाही, २१ वर्षिय ईश्वर कुमार बोहरा, ३६ वर्षिय रामु थारु, ३९ वर्षिय गणेश बहादुर थापा र ३७ वर्षिय ध्रुव थापा रहेका छन् ।

प्रहरीका अनुसार जुवा खालबाट नगद रु ५१ हजार ८ सय ७०, मोबाईल ७ वटा र जुवा खेल्न प्रयोग गरिएको ४ गड्डी तास बरामद भएको छ । छ जनालाई नियन्त्रणमा लिई जिल्ला प्रशासन कार्यालयबाट ७ दिनको म्याद लिई थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय गुलरियाका डिएसपी ऋषिराम घर्ती मगरले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय