फरक स्वाँदमा मधुवनमा महोत्सवको आयोजना
सोमबार, माघ ०७, २०८१ मा प्रकाशित

बर्दिया,माघ ७(फरकसमाचार)/ नयाँपन झल्किने गरि मधुवनमा महोत्सवको आयोजना गरिएको छ । मधुवन उद्योग वाणिज्य संघ कुसुम्बा बजारको मुख्य आयोजनामा नयाँपन झल्किने तेस्रो मधुवन औद्योगिक, व्यापारीक, कृषि, सांस्कृतिक तथा पर्यटन महोत्सव २०८१ आयोजना गरिएको हो । मधुवन उद्योग वाणिज्य संघद्वारा आइतबार आयोजित पत्रकार सम्मेलनमा महोत्सवको कार्यक्रम सार्वजनिक गरिएको छ ।

यस पटकको महोत्सवमा नयाँपन देखिने आयोजकको दावी छ । महोत्सव स्थलबाट कृषि परामर्श, बाली उपचार र माटो परिक्षण गर्ने आयोजको तयारी छ । त्यसैगरि व्यापारीलाई भैपरि आउने समस्यालाई समाधान गर्न व्यापारीक राहत कोषको स्थापना गरिने जनाईएको छ ।

‘साँस्कृतिक विविधता, अनेकतामा एकता, मधुवनको पहिचान, कृषि, पर्यटन र उद्यमशिलता हाम्रो अभियान’भन्ने मुल नाराकासाथ महोत्सवको आयोजना गरिएको छ । मधुवन नगरपालिका–८ स्थित माघ १५ गतेदेखि २५ गतेसम्म महोत्सव चल्ने आयोजकले जनाएको छ ।

महोत्सवले मधुवनको चिनारीलगायत सिङ्गो जिल्लामा रहेका पर्यटकीय, धार्मिक स्थललगायत यहाँका कला संस्कृति, मौलिक संस्कृतिलाई उजागार गर्ने उदेश्यले महोत्सवको आयोजना गरिएको मधुवन उद्योग वाणिज्य संघ कुसुम्बा बजारका अध्यक्ष दुर्गा रिमालले बताए । ‘विगतका वर्षमा दुई वटा महोत्सवहरु सफलतापुर्वक सम्पन्न गरिसकेका छौं,’ अध्यक्ष रिमालले भने,‘त्यसैको संस्करणमा तेस्रो महोत्सवको आयोजना गरेका छौं,सबैको साथ सहयोगमा यो महोत्सव पनि सफल हुनेछ ।’ त्यसैगरि महोत्सव स्थलबाट उद्योग वाणिज्य संघले किसानको लागि कृषि परामर्श तथा माटो परीक्षण, कृषि प्राविधिकद्वारा बाली उपचार सेवाको व्यवस्था मिलाएको सुनाए ।

दशौं राष्ट्रिय खेलकुदमा मधुवनका पदक विजेता खेलाडीलाई महोत्सवमा नगदसहित सम्मान गर्ने कार्यक्रम छ । महोत्सवको अनुमानित खर्च रु ६५ लाख रहेको अध्यक्ष रिमालले जनाए । प्रतिव्यक्ति रु एक सय टिकट दर कायम गरिएको छ भने विद्यार्थीलाई रु ७० टिकट तोकिएको जनाईएको छ । स्थानीय उत्पादनका वस्तुको स्टलको लागि ५० प्रतिशत छुटको व्यवस्था रहेको जनाईएको छ ।

यस महोत्सवले मधुवन उद्योग वाणिज्य संघलाई सफल र सक्षम बनाई मधुवनवासीको जिवन स्तरमा विशेष टेवा पु¥याउने विश्वास आयोजकको छ । महोत्सवले मधुवनका ९ वटै वडामा किसानले उत्पादन गरेका कृषि उपजको उजागार गर्नेछ । महोत्सवमा स्थानीय उत्पादित वस्तुको प्रदर्शनी, राष्ट्रिय तथा स्थानीय कलाकारको बेजोड प्रस्तुती, स्थानीय खानाका परिकार, स्थानीय भेषभुषा भल्किने झाँकीलगायत मुख्य आकर्षणहरु रहने जनाईएको छ । महोत्सवमा १ सय ५० स्टल रहने आयोजकले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय