भोलि देखि बढैैयाताल माघ महोत्सब शुरु हुँदै
सोमबार, माघ १४, २०८१ मा प्रकाशित

ज्ञानेन्द्र पोखरेल

बर्दिया,माघ १४/ बर्दियाको बढैयाताल गाउँपालिकामा प्रथम थारु कृषि, पर्यटन, साँस्कृतिक मेला तथा बर्दिया माघ महोत्सव शुरु हुने भएको छ । माघ महोत्सव भोलि माघ १५ गते देखि माघ २५ गते सम्म बढैयाताल वार्ड न ५ को बढैयाताल नजिक महोत्सव संचालन हुने भएको हो ।

थारु कल्याणकारिणी सभा बढैयाताल मुख्य आयोजनामा बरघर संस्था र गुरुवा बैदावा ढकेरहवा सोरहिन्या समाज सहकार्यमा माघ महोत्सव हुन थालेको हो । “थारु साँस्कृतिक संरक्षण र प्रर्वद्धनः कृषि पर्यटन, लघु उद्यम विकास र समुन्नतीमा हामी सबैको अभियान” भन्ने नाराका साथ बर्दिया थारु डान्स आईडल प्रतियोगिता, थारु साँस्कृतिक नृत्य प्रतियोगिता संचालन हुने आयोजकले पत्रकार सम्मेलन मार्फत जानकारी गराएको छ ।

मेलामा कृषि उत्पादनका बस्तुतहरुको प्रर्दशन, पर्यटकीय स्थलको प्रचारप्रसार तथा थारु सँस्कृतिको प्रर्बद्धन गर्ने कार्यक्रम छन् । महोत्सवमा ख्याती प्राप्त राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुती रहनेछ । यससँगै थारु समुदायको भाषा, कला संस्कृति, पहिरन, थारु परम्परागत खानाहरुको समेत स्टलसँगै रमाईलो मेलाहरु रहेको मेला आयोजक मुल समिति संयोजक शंकरप्रसाद थारुले जानकारी दिए ।

बढैयाताल प्रथम थारु साँस्कृतिक महोत्सव हुने भएकोले सम्पुर्ण बर्दियाबासीहरुलाई एक पटक अवलोकनका लागि अनुरोध गरिएको छ । मेलामा विद्यार्थी, जेष्ठ नागरिक तथा फरक क्षमता भएकाहरुलाई निसुल्क प्रवेशको ब्यबस्था मिलाईएको आयोजकले जनाएको छ ।

मेलामा ४० वटा स्टल रहने जस मध्ये १५ बटा कृषि र गैर व्यवसायिकको लागि निशुल्क ब्यबस्था गरिएको र अलग्गै थारु गाउँको झल्को दिने स्टलहरु रहने जानकारी दिईएको छ । साँस्कृतिक तथा पर्यटन राज्यमन्त्री अरुण चौधरीले माघ १५ गते उद्घाटन गर्ने जनाईएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय