वडाको सहयोगमा गुडिया बनाउने तालिम शुरु
सोमबार, माघ १४, २०८१ मा प्रकाशित

कृष्ण प्रसाद भुसाल

बर्दिया,माघ १४/ महिलाहरुलाई उद्यमी बनाउने उदेश्यले वडाले दश दिने तालिम शुरु गरेको छ । गुलरिया नगरपालिका वडा नं. ६ को आर्थिक सहयोग तथा अग्रिमा हस्तकला ट्रेनिङ सेन्टरको आयोजनामा आइतबार देखि दश दिने गुडिया तथा कुसन सम्बन्धि तालिम सुरु भएको हो । गुलरिया नगरपालिका वडा नंम्बर ६ का २० जना महिलाहरुको सहभागिता रहेको जनाईएको छ ।

तालिमको उद्घाटन समारोहमा तालिम सिकेर व्यवहारमा ल्याई व्यवसायमा संलग्न हुन गुलरिया नगरपालिका वडा नंम्बर ६ का वडा सदस्य दिपक अधिकारीले बताए । तालिमले महिला दिदीबहिनीहरुलाई आत्मनिर्भर तथा स्वरोजगार बनाई उद्यमी बनाउने विस्वास व्यक्त गर्दै आगामी बर्षमा वडाबाट यस्तो सिपमुलक तालिम सञ्चालन गर्ने प्रतिवद्धतासमेत सदस्य अधिकारीले व्यक्त गरेका थिए ।

तालिम उद्घाटन कार्यक्रममा गुलरिया नगरपालिका–६ का वडा अध्यक्ष सुधांशु प्रकाश शर्मा, वडा सदस्य दिपक अधिकारी, अब्बुल हसन हलवाई, वडा सचिव केशवराज खनाल र अग्रिमा हस्तकला ट्रनिङ सेन्टरकी संचालक निर्मला धमलालगायत प्रशिक्षार्थीहरुको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय