प्रेस चौतारीको अध्यक्षमा पुनः सापकोटा चयन
मङ्गलबार, माघ १५, २०८१ मा प्रकाशित

ज्ञानेन्द्र पोखरेल

बर्दिया,माघ १५/ प्रेस चौतारी बर्दियाको अध्यक्षमा पुनःयज्ञ प्रसाद सापकोटा निर्बिरोध चयन भएका छन् । प्रेस चौतारी नेपाल बर्दिया शाखाको ९ औं अधिबेशनबाट सोमबार सापकोटा निर्बिरोध चयन भएका हुन् ।

कार्यक्रमको बन्दसत्रबाट नयाँ कार्य समिति निर्बिरोध चयन भएको छ । अध्यक्षमा यज्ञप्रसाद सापकोटा, उपाध्यक्षमा दल बहादुर सुनार, सृजना ओली, सचिवमा प्रकाश पौडेल, सह–सचिवमा सरम चौधरी, राजकुमार विक, कोषाध्यक्षमा सौगात श्रेष्ठ र सदस्यहरूमा क्रमशः मिलन सुनार, मान बहादुर आले, जोधिराम चौधरी, दिनेश ठाकुर र राज बहादुर क्षेत्री रहेका छन् । केन्द्रीय प्रतिनिधिमा सुदिप अधिकारी, जिवनकला थापा र मान बहादुर चौधरी तथा प्रदेश प्रतिनिधिमा पुष्कर काफ्ले र सुमित्रा बराल समेत निर्बीरोध चयन भएका हुन ।

निर्वाचन समितिले नव निर्बाचीत समितिलाई सपथ ग्रहण समेत गराएको छ । कार्यक्रमका प्रमुख अतिथि नेकपा एमाले का केन्द्रिय सदस्य तथा बर्दिया इन्चार्ज लक्ष्मण राज ज्ञावलीले ब्यानर बाचन गरेर उद्घाटन गरेका थिए । कार्यक्रमका प्रमुख अतिथि तथा अतिथिहरुले नवनिर्बाचीत कार्य समितिलाई सफल कार्यकालको शुभकामना दिदै पत्रकारिताको माध्यमबाट समाजलाई उज्यालो तर्फ लैजान महत्त्वपूर्ण भुमिका निर्बाह गर्नु पर्न कुरामा पत्रकारहरुको ध्यानाकर्षण गराएका थिए ।

कार्यक्रमका बिशिस्ट अतिथि प्रेस चौतारी नेपालका केन्द्रिय उपाध्यक्ष गणेश पाण्डे विशेष अतिथि नेकपा एमाले बर्दिया जिल्ला कमिटिका अध्यक्ष शालिकराम अधिकारी प्रेस चौतारीका केन्द्रिय सदस्य सन्तोष दहित बर्दिया एमाले प्राचार बिभाग प्रमुख झपेन्द्र खत्री लगायतका रहेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय