सहयोगीहरुको मायाले सुभाषले पाएँ पुनः जन्म
मङ्गलबार, माघ १५, २०८१ मा प्रकाशित

बर्दिया,माघ १५ (फरकसमाचार)/ गुलरिया नगरपालिका–३ लटकनिया गाउँका ३ वर्षिय सुभाष गोडिया उपचारपछि शनिबार घर फर्किएका छन् । करिब एक महिनापछि सुभाष निको भएर घर फर्किएका हुन् । गोडियाको बर्दिया अस्पतालमा उपचार सम्भव नभएपछि नेपालगंजको भेरी अस्पताल हुँदै भारतको लखनउ पुगेका थिए ।

 

भारतको लखनउमा उपचारपछि उनी १३ दिनपछि घर फर्किएका छन् । निको भएर घर फर्किएपछि बच्चाको अभिभावकसहित गाउँलेहरुको अनुहारमा चमक देखिएको छ । सुभाष गोडिया घर अगाडि गाडीबाट ओर्लिने बित्तिकै गाउँलेहरु खुसी हुँदै जम्मा भएका थिए ।

एउटा बच्चा गुमाएको एक साता नपुग्दै अर्को बच्चाको पनि आश मार्नु पर्ने बखत आएको सुभाषकी आमा फुलनदेवी गोडियाले बताईन् । ‘बाबुलाई बचाउन धेरै दौडधुप गरे तर, हाम्रो परिवारको कुनै उपाय लागेन,’गोडियाले भनिन्,‘त्यत्तिकैमा कृष्ण दाई आएर भिडियो बनाउनु भयो ।’

त्यसपछि सहयोगी मनहरुको साथले मेरो बच्चा बाँच्यो । खुसीको आँशु झार्दै अवधि लवजमा सबै सहयोगी मनहरु र उपचारमा खटिएका इन्दु मेडिकल लखनउका प्रमुख वरिष्ठ चिकित्सक रजनिश श्रीवास्तवलगायत सम्पुर्ण स्वास्थ्यकर्मीहरुलाई धन्यवाद दिईन् । सिकिस्त अवस्थामा रहेको मेरो बाबुलाई बचाउने डाक्टरहरुलाई गोडियाले भागवान्को संज्ञा दिईन् ।

बच्चा निको भएर घर फर्किएको छ तर पुर्ण रुपमा निको नभएको इन्दु मेडिकल लखनउका प्रमुख वरिष्ठ चिकित्सक रजनिश श्रीवास्तवले बताए । ‘लडाई अझै सकिएको छैन, किन भने बच्चाको फोक्सो निमोथ्रेप्स भईसकेको थियो,’उनले भने,‘फोक्सो सुकाडिएको छ तर श्वाँस फुलेको छैन ।’ विस्तारै सुधार हुँदै जान्छ । करिब तीन महिनामा बच्चा पुर्ण रुपमा निको हुने उनको दावी छ । बच्चालाई निमोनियालगायत फोक्सोमा संक्रमण हुन नदिन, धुँवा, धुलोबाट बचाउन र सरसफाईमा विशेष ध्यान अतिनै आवश्यक छ । केही समस्या भएमा नजिकको अस्पतालमा गई डाक्टरलाई देखाउन प्रमुख श्रीवास्तवले आग्रह गरे ।

सिकिस्त बच्चालाई बचाएकोमा नेपाल पत्रकार महासंघका अध्यक्ष निर्मल घिमिरे, उद्योग वाणिज्य संघका अध्यक्ष देवेन्द्र (मंगल) पाण्डे लखनउ पुगी इन्दु मेडिकल सेन्टरका प्रमुख रजनिश श्रीवास्तवलाई नेपाली टोपी, खादा लगाएर सम्मानपत्र हस्तान्तरण गरेका छन् ।

बच्चा बचाउन अुरोध गर्दै भक्कानिएको भिडियो फरकसमाचारको अधिकारी फेस बुक पेजबाट सार्वजनिक भएको थियो । जसमा स्थानीय समाजसेवीलगायत सहयोगी मनहरु सरिक भएका थिए । फरकसमाचारकर्मी कृष्ण प्रसाद भुसालले बच्चाको उपचारको लागि नेपालगंज हुँदै भारतको लखनउसम्म पुगेका थिए ।

सुभाष बचाउ अभियान फरकसमाचार मिडिया हाउसले चलाएको थियो । जसको नेतृत्वदायी भुमिका नेपाल पत्रकार महासंघ तथा फरकसमाचार मिडिया हाउसका प्रबन्ध निर्देशक निर्मल घिमिरेले गरेका थिए ।

आफ्नो एक छाँक काटेर सहयोगी मनहरुले सहयोग गर्दा आज अतिविपन्न गरिब परिवारको बच्चा बाँच्न सफल भएको उद्योग वाणिज्य संघका अध्यक्ष देवेन्द्र(मंगल) पाण्डेले बताए । यस मानविय कार्यमा सघाँउने सबैलाई अध्यक्ष पाण्डेले धन्यवाद दिए ।

सेवा नै धर्म र सेवाको भावले यो काम गरेको नेपाल पत्रकार महासंघका अध्यक्ष तथा फरकसमाचार मिडिया हाउसका प्रबन्ध निर्देशक निर्मल घिमिरेले बताए । ‘यस कार्यको लागि संघिय सांसद तथा पुर्व मन्त्री अब्दुल खानले ब्याकमा हामी छौं भनेर सपोर्ट दिनुभयो,’अध्यक्ष घिमिरेले भने,‘त्यसैगरि गुलरिया नगरपालिकाका नगर प्रमुख मुक्तिनाथ यादव, प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मा, उद्योग वाणिज्य संघका अध्यक्ष देवेन्द्र (मंगल) पाण्डे, नेकपा एमाले गुलरियाका नगर कमिटिका अध्यक्ष अम्मर खड्का, निर्माण व्यवसायी संघ, होटेल अर्नानाईजेशन, बार एसोएसन र स्थानीय समाजसेवी र सहयोगी मनहरुको एकजुटताले अभियान सफल भएको छ ।’ यो अभियान सफल भएको महसुस भएको छ । बच्चा निको भएको छ । बच्चाको आमा बुवाको अनुहारमा खुसी देख्दा आत्मसन्तुष्टि मिलेको अध्यक्ष घिमिरेले सुनाए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय