बर्दिया,माघ १८ / नेपाल निजामती कर्मचारी संगठनको अध्यक्षमा पुनः कृष्ण बहादुर बिष्ट सर्वसम्मत चयन भएका छन् । निजामती कर्मचारी संगठनको ११औं अधिवेशनबाट अध्यक्षमा पुनः बिष्ट चयन भएका हुन् । उपाध्यक्षमा हरिश तिरुवा, महिला उपाध्यक्षमा इन्द्रा चुनारा, सचिवमा कलाधर गौतम, सह–सचिव कुश प्रसाद न्यौपाने कोषाध्यक्ष ओम बहादुर रोका चयन भएका छन् ।
सदस्यमा सीता कुमारी चौधरी, सुनिता ढकाल, अस्मिता वली, चन्द्र बहादुर महतरा, जीवन बूढा, दीपक चौलागाईँ, नरेन्द्र कुमार थारू, सुवास परियार, कमल नेपाली, शेरबहादुर खड्का र छविलाल केसी चयन भएका छन् ।
केन्द्रिय प्रतिनिधिमा गोविन्द पुरी, जानकी गिरी र केन्दिय प्रतिनिधि सहकारीमा नारायण पराजुली सर्वसम्मत चयन भएका छन् । त्यसैगरि लेखा आयोग संयोजकमा दिनेश रसायली, प्रदेश प्रतिनिधिमा अनिल कुमार शर्मा र भीमप्रसाद अधिकारी चयन भएका छन् ।