बालबालिकालाई ठीक ढंगले हुर्काउनेमा ध्यान केन्द्रित छ : प्रधानमन्त्री
सोमबार, माघ २१, २०८१ मा प्रकाशित

काठमाडौँ, माघ २१ / प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल पछाडि पर्नुपर्ने कुनै कारण नरहेको बताएका छन्। सोमबार (आज) काठमाडौंमा आयोजित युवासँग अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नेपालको इतिहास गौरवपूर्ण रहेको र अब नेपाल पछाडि पर्नुपर्ने कुनै कारण नरहेको दाबी गरेका हुन्।

उनले केही समय नेपाल पछाडि परेको भएपनि अब प्रविधिको प्रयोग र विकासबाट नेपाल अरु मुलुक भन्दा अगाडि जानसक्ने उनको तर्क थियो। उनले सरकारको ध्यान आजका बालबालिकाहरूलाई ठिक ढंगले हुर्काउने, उनीहरूलाई आजको आधुनिक शिक्षा, वैज्ञानिक शिक्षासँग दक्ष बनाउने भन्नेमा केन्द्रित रहेको उनको भनाइ छ।

प्रधानमन्त्री ओलीले भने, ‘म देशको प्रधानमन्त्रीको हैसियतले नानीबाबुहरूलाई भन्न चाहन्छु, मेरो ध्यान, मैले नेतृत्व गरेको सरकारको ध्यान सम्पूर्ण रुपमा आज विकास गर्ने, आज तिव्र विकास गर्ने, आजका बालबालिकाहरूलाई ठिक ढंगले हुर्काउने, उनीहरूलाई आजको आधुनिक शिक्षा, वैज्ञानिक शिक्षासँग दक्ष बनाउने, ग्लोबल्ली (वैश्विक) उनीहरूको प्रतिस्पर्धात्मक क्षमता वृद्धि गर्ने र हामी अगाडि छौँ, हामीसँग हाम्रा महान पुर्खाको जेनेटिक मेमोरी छ।’ सो अवसरमा प्रधानमन्त्री ओलीले विद्यार्थीलाई गलत संगतमा नपर्न सुझाव समेत दिएका छन्। नागरिकन्युजबाट साभार

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय