नेपाल पत्रकार महासंघमा पत्रकारका लागि अक्षयकोष स्थापना
बुधबार, माघ २३, २०८१ मा प्रकाशित

बर्दिया,माघ २३(फरकसमाचार)/ नेपाल पत्रकार महासंघ जिल्ला शाखा बर्दियामा पत्रकारका लागि अक्षयकोष स्थापना भएको छ । गुलरिया नगरपालिका–७ का पृथ्वी विचारक, अभियन्ता एवंम् पत्रकार कमलराज (देवकमल) पौडेलद्वारा अक्षयकोष स्थापनाको लागि महासंघलाई मंगलबार रकम हस्तान्तरण भएको हो ।

पौडेलले नेपाल पत्रकार महासंघ बर्दियाका अध्यक्ष निर्मल घिमिरेलाई पृथ्वी पत्रकारिता पुरस्कार अक्षयकोष स्थापनाको लागि रु १ लाख १ हजार १ सय ११ को चेक हस्तान्तरण गरेका छन् । अक्षयकोषका लागि रकम दाता पौडेललाई महासंघले सम्मान पत्रले सम्मान गरेको छ ।

पृथ्वी नारायण शाहको अभियानमा पु¥याएको योगदानलाई कदर गर्दै कुनै संस्थाले मलाई रु एक लाख राशीको पृथ्वी पुरस्कार दिएको कमलराज पौडेलले बताए । ‘मसंग धेरै रकम भएर दिएको होइन्,’पौडेलले भने,‘आफुले पाएको पुरस्कार खाएर सक्काएको भए सकिन्थ्यो होला ।’ तर अभियानले पुर्णता पाउथेन । अभियानको पुर्णताको लागि सबैको साथको आवश्यकता पर्छ । पछिल्लो समयमा पत्रकारिता गर्दा पत्रकारलाई कति गाह्रो हुने गरेको स्वयम् आफुले थाहा पाएको पौडेलले सुनाए ।

मैले पाएको सम्मानमा केही थपेर तपाई पत्रकारहरुको सम्मानको लागि रकम हस्तान्तरण गरेको पौडेलले सुनाए । राष्ट्रियताको लागि कलम चलाउने पत्रकारहरुलाई पुरस्कृत गर्दा भेदभाव नगरेर आगामी दिनमा सम्मान गर्न पौडेलले आग्रहसमेत गरे । पृथ्वी नारायण शाहले गरेका योगदान हामीले बिर्सन हुदैन । यस कार्यको लागि पत्रकारहरुको अहम भुमिका रहने पौडेलले भनाई राखे ।

दिव्य उपादेशमार्फत हामीले विश्वलाई धेरै सुन्दर कुरा दिएको मधेस प्रदेशका पुर्व प्रदेश प्रमुख, ईतिहासकार, बिद्धान डा.राजेश अहिराजले बताए । ‘जति बेला समावेशिताको अवधारणा सुरु थिएन,त्यति बेला राष्ट्रिय निर्माता पृथ्वी नारायण शाहले विभिन्न समुदायका मानिसहरुलाई आफुसंग लिएर हिडेका थिए,’डा. अहिराजले भने,‘ त्यसैगरि महिला अधिकारको प्रारम्भ नेपालले गर्यो, बैंकिङ, कर अवधारणा, न्याय प्रणाली, विश्वमा खण्डीकरणको राजनीति भईरहेको बेला राष्ट्रिय निर्माताले एकिकरणको अभियान थाले ।’ त्यो उत्तम सोच भएका नेपाली हामी हौं । नेपाली हुनुमा हामीले गर्व गर्नुपर्ने सुनाए ।

जब प्रश्न देशको, भुगोलको आउँछ त्यस बेला पक्ष विपक्ष हुदैन, त्यति बेला सबै नेपाली एकजुट हुनुपर्ने डा. अहिराजले सुनाए । नेपालको समृद्धि, शान्ति र नेपाली जनताको भविष्य सुरक्षितका लागि पृथ्वी दिव्य उपादेश काफी छ ।
दिव्य उपादेशमा लेखिएको स्वदेशी उत्पादनमा निर्भर हुनुपर्ने कुरालाई छिमेकी देशले अवलम्बन गरेर सम्पन्न भईसके तर हामी नेपालीले दिव्य उपादेशको भाव बुझ्न नसकेको डा.अहिराजले सुनाए । राष्ट्रिय निर्मातालाई राजाको रुपमा होइन, नेपाल एकिकरणको नायकको रुपमा हेर्नुपर्ने जोड दिए । यो अक्षयकोषलाई बढाउन आफुले पनि भुमिका निर्वाह गर्ने डा. अहिराजले प्रतिवद्धता जनाए ।

मेरो कार्यकालमा अक्षयकोषको स्थापना हुँदा गर्भान्वित भएको नेपाल पत्रकार महासंघ जिल्ला शाखा बर्दियाका अध्यक्ष निर्मल घिमिरेले बताए । ‘हामीले साथमा साथ पाएको महसुस भएको छ,’अध्यक्ष घिमिरेले भने,‘अक्षयकोषको लागि रकम हस्तान्तरण गर्ने अभियन्तालाई धेरै धेरै धन्यवाद छ ।’ विश्वास गरेर हामीलाई गरेको सहयोग सह्रानिय छ । राष्ट्रिय नायक पृथ्वी नारायण शाहको दिव्य उपादेश देशभर सिन्चित गरेर हिडेको अभियानमा नेपाल पत्रकार महासंघ साथमा रहेको अध्यक्ष घिमिरेले विश्वास दिलाए ।

पृथ्वी पत्रकारिता पुरस्कार अक्षयकोष रकम हस्तान्तरण कार्यक्रममा निर्माण व्यवसायी संघका अध्यक्ष हेमन्त प्रकाश गिरीलगायत पत्रकारहरुको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय