अंग्रेजी र नेपाली माध्यममा प्रश्नपत्रको माग गर्दै विद्यार्थीले बुझाए मागपत्र
बिहिबार, माघ २४, २०८१ मा प्रकाशित

बर्दिया,माघ २४(फरकसमाचार)/ अंग्रेजी र नेपाली माध्यममा प्रश्नपत्रको माग गर्दै विद्यार्थीले क्याम्पस प्रमुखलाई माग पत्र बुझाएका छन् । बबई बहुमुखी क्याम्पस गुुलरियाका प्रमुख बिरेन्द्रराज लम्साललाई दुवै माध्यमबाट प्रश्नपत्र छाप्न पहल गरिदिन मागसहित अखिल नेपाल विद्यार्थी युनियन (समाजवादी)ले बुधबार मागपत्र बुझाएको हो ।

विद्यार्थीहरुको समस्यालाई मध्यनजर गरि सात बुँदे मागपत्र क्याम्पस प्रमुखलाई बुझाएको अखिल नेपाल विद्यार्थी युनियन (समाजवादी) बबई बहुमुखी क्याम्पस गुलरियाका संयोजक पारस बनियाले बताए । ‘अंग्रेजीमा प्रश्नपत्र हुँदा भाषा नबुझेर धेरै विद्यार्थी साथीहरु फेल भईरहेको अवस्था छ,’संयोजक बनियाले भने,‘क्याम्पस प्रमुख मार्फत मध्यपश्चिम विश्वविद्यालयसंग अंग्रेजी नेपाली दुवै माध्यमबाट प्रश्नपत्र छाप्न माग गरेका छौं ।’

क्याम्पस प्रमुखले हाम्रो मागलाई सम्बन्धित निकायसंग पहल गरिदिनुहन्छ भनेर हामी आशावादी रहेको संयोजक बनियाको भनाई छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय