वन सम्बद्र्धन प्रणालीमा सरोकारवालाको चासो
शुक्रबार, माघ २५, २०८१ मा प्रकाशित

बर्दिया,माघ २५(फरकसमाचार)/ वन सम्बद्र्धन प्रणालीमा सरोकारवालाले चासो देखाएका छन् । वैज्ञानिक वन व्यवस्थापन उपभोक्ता राष्ट्रिय महासंघ नेपाल जिल्ला महासंघ बर्दियाद्वारा बिहीबार आयोजित मानव वन्यजन्तु द्वन्द्व न्यूनिकरण, वन्यजन्तुको उद्दार तथा व्यवस्थापन र वन सम्बद्र्धन प्रणाली सम्बन्धी अन्तरक्रिया कार्यक्रममा सरोकारवालाले चासो देखाएका हुन् ।

उक्त अन्तरक्रियामा जिल्ला स्थित राजनीतिक दलका प्रतिनिधिहरुको उत्साहजनक उपस्थिती देखिएको छ । अन्तरक्रिया कार्यक्रममा वन सम्बद्र्धन प्रणाली सम्बन्धमा लागेका जिज्ञासा बारे राजनीतिक दलका प्रतिनिधिले व्यापक रुपमा छलफल गरेका छन् ।

वन सम्बद्र्धन प्रणालीमा आधारित वन व्यवस्थापनको बारेमा डिभिजन वन कार्यालय बर्दियाका प्रमुख विजयराज सुवेदीले प्रस्तुतीकारण गरेका थिए । वन सम्बद्र्धन प्रणालीमा पाकेको बुढो रुख काट्ने, काटेको ठाउँमा पुनः उमार्ने र उम्रेका बिरुवा हुर्काउने काम गरिने प्रमुख सुवेदीले बताए । ‘कार्ययोजना अनुसार काठ उत्पादनको लागि बुढो वा पाकेको रुख कटान गरिन्छ,’प्रमुख सुवेदीले भने,‘यसरी खेर जाने काठ सदुपयोग हुन्छ ।’

बिग्रिएको वनलाई हरियाली बनाउने उदेश्यले वन सम्वद्र्धन प्रणालीमा आधारित वन व्यवस्थापनको काम भईरहेको वैज्ञानिक वन व्यवस्थापन उपभोक्ता राष्ट्रिय महासंघकी केन्द्रिय अध्यक्ष रेनु सेनले बताईन् । अन्तरक्रिया कार्यक्रमबाट प्राप्त भएको सल्लाह सुझावलाई मध्यनजर गरि अघि बढ्ने वैज्ञानिक वन व्यवस्थापन उपभोक्ता महासंघ बर्दियाका अध्यक्ष गंगाराम पाठकले धारणा व्यक्त गरे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय