शुक्रबार, माघ २५, २०८१
मा प्रकाशित
1034
Shares
बर्दिया,माघ २५(फरकसमाचार)/ चितुवाको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ । चितुवाको आक्रमणबाट मधुवन नगरपालिका–७ गंगाबस्तीकी ५१ वर्षिय जुना कुमारी लामिछानेको शुक्रबार दिउँसो मृत्यु भएको हो ।
सिमा नजिक खेतमा काम गर्न गएको बेला चितुवाले आक्रमण गरि महिलालाई शख्त घाईते बनाएको डिभिजन वन कार्यालयका प्रमुख विजयराज सुवेदीले बताए ।
घाईते महिलालाई उपचारको लागि बर्दिया अस्पताल पु¥याउँदा चिकित्सकले मृत घोषणा गरेको प्रमुख सुवेदीले जानकारी दिए ।