बर्दियामा लागु औषधसहित एक पक्राउ
बुधबार, माघ ३०, २०८१ मा प्रकाशित

बर्दिया,माघ ३०(फरकसमाचार)/ लागु औषधसहित प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । बढैयाताल गाउँपालिका–२ फुटाहा स्थितबाट लागु औषधसहित प्रहरीले एक जनालाई आइतबार पक्राउ गरेको हो । पक्राउ पर्नेमा बाँसगढी नगरपालिका–५ का २५ वर्षिय धर्मराज रोकाय रहेका छन् ।

भारतको बलैई गाउँ बजारबाट शंकास्पद रुपमा आईरहेको अवस्थामा रोकायलाई नियन्त्रणमा लिई चेकजाँच गर्दा लागु औषध ब्राउन सुगर फेला परेको प्रहरीको दावी छ ।

प्रहरीको अनुसार रोकायको साथबाट १ ग्राम ३ सय १०मिलिग्राम लागु औषध ब्राउन सुगर फेला परेको छ । रोकायलाई नियन्त्रणमा लिई अदालतबाट पाँच दिनको म्याद लिई थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय गुलरियाका डिएसपी ऋषिराम घर्ती मगरले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय