बर्दिया,माघ ३०(फरकसमाचार)/ जुवा तास खेलिरहेको अवस्थामा नगदसहित १५ जनालाई प्रहरीले पक्राउ गरेको छ । बारबर्दिया नगरपालिका–९ स्थित एक होमस्टेमा जुवा खेलिरहेको अवस्थामा प्रहरीले गएराति (बुधबार राति) १ बजे १५ जनालाई पक्राउ गरेको हो ।
बारबर्दिया नगरपालिका–९ निराजन राजबंसीको होमस्टेमा जुवातास खेलिरहेको सुचनाको आधारमा प्रहरी टोली परिचालन भएको जनाईएको छ । जुवा खालबाट नगद रु १ लाख ८२ हजार ६ सय ७०, ठुलो मोबाईल १३ र सानो मोबाईल ७ गरि जम्मा २० वटा मोबाईल फेला परेको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेमा बारबर्दिया नगरपालिका–९ का होमस्टेका मालिक ३२ वर्षिय निराजन राजवंशी, वडा नंम्बर ५ का ४० वर्षिय नविन कुमार चौधरी, वडा नंम्बर २ का ३५ वर्षिय राम प्रसाद थारु, राजापुर नगरपालिका–८ का ४५ वर्षिय बसन्त कुमार शर्मा,वडा नंम्बर ७ का ४६ वर्षिय कमल गुरुङ, मधुवन नगरपालिका–९ का ३५ वर्षिय नारायण क्षेत्री, वडा नंम्बर ७ का ५२ वर्षिय घनश्याम दवाडी छन् ।
त्यसैगरि गुलरिया नगरपालिका–१ का ३७ वर्षिय चेतन खनाल, ३५ वर्षिय आसुतोष कुमार यादव, वडा नंम्बर ११ का ३२ वर्षिय दुर्जन थारु, वडा नंम्बर २ का ४० वर्षिय रविन्द्र यादव, वडा नंम्बर ४ का ३६ वर्षिय नारायण गिरी र वडा नंम्बर ७ का ४८ वर्षिय श्याम शर्मा रहेका छन् ।
जिल्ला सुर्खेत पंचपुरी नगरपालिका–७ का ४८ वर्षिय देव बहादुर शाही र सुर्खेत चौकुने गाउँपालिका–८ का ३६ वर्षिय हरिचन्द्र बुढालाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय गुलरियाका डिएसपी ऋषिराम घर्ती मगरले जानकारी दिए ।