कार्यसम्पादन मूल्यांकनमा गुलरिया नगरपालिका जिल्लामै पहिलो
शुक्रबार, फागुन ०२, २०८१ मा प्रकाशित

सन्दिप कुमार बैश्य

बर्दिया,फागुन २/ कार्यसम्पादन मूल्यांकनमा बर्दियाका ८ स्थानीय तह मध्ये गुलरिया नगरपालिका पहिलो भएको छ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको आर्थिक वर्ष २०८०/०८१ को कार्यसम्पादन मूल्यांकन विवरण अनुसार ६७ दशमलव ९ अंक प्राप्त गर्दै गुलरिया नगरपलिका जिल्लामै पहिलो भएको हो ।

आयोगले माघ ३० गते कार्यसम्पादन मूल्यांकनको आधारमा प्रदेश सरकार र स्थानीय तहले प्राप्त गरेको अंकसम्बन्धी विवरण प्रकाशित गरेको थियो ।

राजापुर नगरपालिका ६६ दशमलव ५ अंकसहित दोस्रो, ठाकुरबाबा नगरपालिका ६५ दशमलव ७ अंकसहित तेस्रो स्थानमा रहँदा गेरूवा गाउँपालिका ६३ दशमलव ४ अंकसहित चौथो स्थानमा भएको छ । त्यसैगरी पाँचौँ स्थानमा मधुवन नगरपालिकाले ५९ दशमलव ३ अंक ल्याएको छ भने छैटौँ स्थानमा ५७ दशमलव १ अंकसहित बारबर्दिया नगरपालिका रहेको छ ।

बाँसगढी नगरपालिका ४८ दशमलव १ अंकसहित सातौँ र बढैयाताल गाउँपालिका ३२ शमलव ३ अंकसहित आठौँ स्थानमा रहेको छ ।

प्राकृतिक स्रोत तथा वित्त आयोगले स्थानीय तहको कार्यसम्पादन मूल्यांकन सार्वजनिक गरिएको छ । यो कार्यसम्पादन मूल्यांकन अघिल्लो आर्थिक वर्षको बजेट कार्यान्वयन, सोही वर्ष गर्नुपर्ने अन्य काम लगायतका आधारमा गरिएको हो ।
यो मूल्यांकन वर्तमान स्थानीय तहका जनप्रतिनिधि मात्रै नभइ,अघिल्लो कार्यकालका जनप्रतिनिधिले गरेको कामको आधारमा पनि भएको हो ।

आयोगले माघ ३० गते कार्यसम्पादन मुल्याङ्कनको आधारमा प्रदेश सरकार र स्थानीय तहले प्राप्त गरेको अंक सम्बन्धी विवरण प्रकाशित गरेको थियो । आयोगले प्राप्त अंकमा चित्त नबुझे ७ दिन भित्र आवश्यक आधार र प्रमाण सहित पुनरावलोकनका लागि उजुरी दिन जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय