बर्दिया,फागुन १५ / लामो समय देखि खानेपानी अभाव झेलिरहेका गुलरियाका नागरिकलाई अझै स्वस्थ खानेपानीको अनिश्चितता बढ्ने देखिएको छ । सरकारी लगानीमा आपूर्ती भईरहेको स्वस्थ खानेपानी आपूर्ती नभएपछि भूमिगत आर्सेनिकयूक्त पानी उपभोग गर्न आमनागरिक बाध्य भईरहेका छन् ।
गुलरिया स्थित खानेपानी उपभोक्ता समितिको वेवास्ताले भूमिगत पानीमा उच्च आर्सेनिकको मात्रा देखाए पनि आम उपभोक्ताले भुमिगत पानीमा निर्भर रहँदा स्वास्थ्यको उच्च जोखिममा पर्ने देखिन्छ । गुलरिया नगरमा खानेपानी आपूर्ती झन पछि झन अनिश्चित बन्दै गएको खुलासा भएको छ । बम्बा वा नलको पानीको प्रयोग गर्न परिरहेको स्थानीय उपभोक्ता गुनासो गर्छन् । एक बर्ष अघि देखि खानेपानी आपूर्ती असहज भएपनि ग्राहकबाट मासिक शुल्क खानेपानी उपभोक्ता समितिले असुल गरिरहेको छ ।
गुलरियामा खानेपानी संस्थाले सहज आपूर्ती दिन नसक्दा आम उपभोक्ता मर्कामा परेका छन् । कहिले काहि पानी आएपनि दुषित पानी दिदै आएको खानेपानी सेवा अहिले बन्द जस्तै बनेको छ । तर, सरोकारवाला निकायले स्वास्थ्य जस्तो संबेदनशिल बिषयमा गम्भिर भएको देखिदैन । बेला बेलामा कालो दुषित यूक्त पानी बोतलमा भरेर सामाजिक संजालमा समेत बिरोध भईरहेको छ ।
गुलरिया स्थित खानेपानी उपभोक्ता समितिले संरचनागत लाखौ लगानी गरेपनि बिभिन्न बहानामा खानेपानी आपूर्ती गर्न नसक्दा ‘सरकारको लगानी बालुवामा पानी’ हाले सरह भएको छ । बर्सो अघि दैनिक रुपमा बिहान र बेलुका स्वस्थ खानेपानी दिइरहेको पानी दिन नसक्दा अहिले खानेपानी उपभोक्ता समिति काम बिहिन बन्दै गएको छ ।
प्राबिधिक समस्याले कहिले काहि दुषित पानी सप्लाई हुने गरेको खानेपानी उपभोक्ता समितिका अध्यक्ष मिनराज शर्माले स्वीकारे । ‘पानी छान्ने मोटर बिग्रदा त्यस्तो समस्या देखिन्छ’उनले भने,‘हाम्रो समस्याले त्यस्तो भएको होइन ।’ हुलाकी सडक भत्काएर पाईप बिस्तार गर्न रुकावट आए सम्म खानेपानी समस्याको समाधान गर्न नसकिने अध्यक्ष शर्मा बताउँछन् । ‘पाईप विस्तार गर्न बिभागबाट अनुमति ल्याउँनु पर्छ भनिएको उल्लेख गर्दै विभागले जहिले अनुमति दिन्छ त्यहिँ बेला पाईप विस्तारको काम सम्पन्न भएपछि मात्र खानेपानी सहज आपूर्ती हुने अध्यक्ष शर्माको भनाई छ ।स्रोत नागरिकन्युज