बगलामुखी मन्दिरमा भव्य रुपमा मनाईयो महाशिवरात्री
बिहिबार, फागुन १५, २०८१ मा प्रकाशित

बर्दिया, फागुन १५ (फरकसमाचार)/ गुलरिया नगरपालिका–७ स्थित बगलामुखी मन्दिरमा भव्य रुपमा महाशिवरात्री पर्व मनाईएको छ । बगलामुखी मन्दिर व्यवस्थापन समितिको आयोजनामा बुधबार भव्य रुपमा महाशिवरात्री पर्व मनाईएको हो ।

बुधबार बिहान देखि बगलामुखी मन्दिरमा आराध्यदेव महादेवको पूजा आराधना गर्ने भक्तजनहरुको चहलपहल देखिन्थ्यो । बिहान देखि साँझसम्म मन्दिरमा पूजा गर्ने भक्तालुहरुको घुँइचो देखियो ।

त्यसैगरि जिल्ला स्थित अन्य शिवालयहरुमा पूजा आराधना गर्ने भक्तालुहरुको खचाखच देखि भिडभाड रहेको थियो । शिवरात्रीको दिनमा भगवान् शिवको पूजाआजा र उपवास बसेमा मनोकामना पूरा हुने जनविश्वास रहँदै आएको छ । भक्तालुहरुले भगवान् शिवको प्रिय वस्तु दूध, धतुरो बेलपत्रलगायत पूजा सामग्री चढाएर पूजा गरेका थिए ।

विविध कार्यक्रमको आयोजना गरि मन्दिरमा भव्य रुपमा महाशिवरात्री पर्व मनाईएको बगलामुखी मन्दिर व्यवस्थापन समितिका सदस्य बिष्णु अधिकारीले बताए । एकादश ब्राहमणहरुद्वारा लघु रुद्री पाठ, पिताम्बरेश्वर महादेवको विशेष पुजा अर्चना, प्रसाद वितरण, साँझ महाआरती, धुनी जागरण तथा शिव उत्सव र रात्रीकालिन भजन कृतन गरि महाशिवरात्री पर्व मनाईएको सदस्य अधिकारीले जनाए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय