बर्दिया,फागुन १६(फरकसमाचार)/ जुवातास खेलिरहेको अवस्थामा नगदसहित ७ जुवाडेलाई प्रहरीले पक्राउ गरेको छ । बाँसगढी नगरपालिका–५ स्थित मुनलाईट होटलको कोठामा जुवा खेलिरहेका ७ जना जुवाडेलाई प्रहरीले बुधबार राति पक्राउ गरेको हो ।
जुवा खालबाट नगद रु १ लाख ८४ हजार, ७ वटा मोबाईल, खेल्न प्रयोग गरिएको ३ गड्डी तास फेला परेको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेमा बाँसगढी नगरपालिका–५ का ३९ वर्षिय राम बहादुर बुढाथोकी, ३५ वर्षिय लक्ष्मी प्रसाद पौडेल, ४८ वर्षिय दयाराम लम्साल, ५२ वर्षिय शिव बहादुर सुनार, ३४ वर्षिय जिवन पौडेल, १९ वर्षिय दिपक सुनार र बढैयाताल गाउँपालिका–६ का ४१ वर्षिय विष्णुराज पौडेल रहेका छन् ।
जिल्ला प्रशासनबाट ५ दिनको म्याद लिई थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय गुलरियाका डिएसपी ऋषिराम घर्ती मगरले जानकारी दिए ।