बर्दियामा दुर्घटना हुँदा एकको मृत्यु
शुक्रबार, फागुन १६, २०८१ मा प्रकाशित

बर्दिया,फागुन १६(फरकसमाचार)/ अटो रिक्साले मोटरसाइकललाई ठक्कर दिदाँ एक जनाको मृत्यु भएको छ । दुर्घटनमा परि मोटरसाइकलमा सवार रहेका ठाकुरबाबा नगरपालिका–३ का ६० वर्षिय दरवारीया थारुको बिहीबार मृत्यु भएको हो ।

ठाकुरबाबा नगरपालिका–३ बगनाहा स्थित भुरिगाउँबाट बनकट्टीतर्फ जाँदै गरेको मोटरसाइकललाई बिहीबार साँझ ७ बजेर २० मिनेटको समयमा अटो रिक्साले ठक्कर दिएको प्रहरीले जनाएको छ । सोही ठाउँका ६० वर्षिय माक्खु थारुले चलाएको भे १२ प ११०८ नंम्बरको मोटरसाइकलको पछाडि देवारिया थारु सवार थिए ।

दुर्घटना हुँदा मोटरसाइकलमा सवार दुवै जना शख्त घाइते भएका थिए । घाइते दुवै जनालाई प्रहरीले तत्काल उपचारको लागि नगर अस्पताल भुरिगाउँ पु¥याईएको थियो । चेकजाँच गर्दा पौने ८ बजे देवारीया थारुको मृत्यु भएको चिकित्सकले घोषणा गरेका थिए । मोटरसाइकल चालक माक्खु थारुलाई थप उपचारको लागि नर्सिङहोम नेपालगंज पठाएको र उनको अवस्था सिरियस रहेको प्रहरीले जनाएको छ ।

अनुसन्धानको क्रममा राति १० बजे ठाकुरबाबा नगरपालिका–२ का ४७ वर्षिय धनिराम थारुले चलाएको भे १ स ८६३२ नंम्बरको अटो रिक्साले ठक्कर दिएको खुलेपछि अटो र चालकलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय