निःशुल्क शिविरबाट १ सय बढि महिला लाभान्वित
आइतबार, फागुन १८, २०८१ मा प्रकाशित

बर्दिया,फागुन १८(फरकसमाचार)/ महिलाहरुको पाठेघर चेकजाँच निःशुल्क शिविरबाट १ सय बढि महिलाहरु लाभान्वित भएका छन् । गुलरिया नगरपालिका वडा नं. ६ वडा कार्यालयको आर्थिक सहयोग र आधारभूत स्वास्थ्य केन्द्र गुलरिया नगरपालिका वडा नं. ६ को आयोजनामा शनिबार सम्पन्न भएको एक दिने निःशुल्क शिविरबाट १ सय बढि महिलाहरु लाभान्वित भएका हुन् ।

महिलाहरुको स्वास्थ्यलाई मध्यनजर गरि एक दिने पाठेघर चेकजाँच सम्बन्धि निःशुल्क शिविर आयोजना गरिएको गुलरिया नगरपालिका वडा नंम्बर ६ का वडा अध्यक्ष सुधांशु प्रकाश शर्माले बताए । ‘स्वास्थ्य शिविरमा कोहलपुर मेडिकल कालेजकी बरिष्ठ स्त्री रोग बिशेषज्ञ डा. कविता सिन्हाद्वारा महिलाहरुको विविध समस्याको परीक्षण भएको छ,’अध्यक्ष शर्माले भने,‘निःशुल्क शिविरबाट १ सय १२ जना महिला दिदि बहिनीहरुले सेवा लिएका छन् ।’

जसमध्ये ८३ जनाले पाठेघरको मुखको क्यान्सरको जाँच गराएका छन् भने बाँकीले अन्य समस्याको जाँच गराएका छन् । जाँच गराएका महिला दिदि बहिनीहरुलाई जटिल समस्या नदेखिएको अध्यक्ष शर्माले जानकारी दिए ।

एक दिने शिविरमा बरिष्ठ स्त्री रोग बिशेषज्ञ डा. सिन्हाद्वारा पाठेघरको मुखको क्यान्सरको जांच, महिनावारी गडबडी, सेतो पानी बग्ने तथा योन अंग चिलाउनेलगायत समस्याको चेकजाँच गरिएको जनाईएको छ । शनिबार बिहान १० देखि दिउँसो ३ बजेसम्म शिविर संचालन भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय