बर्दिया,फागुन १८(फरकसमाचार)/ तपाई आफुलाई कत्तिको सुरक्षित ठान्नुहुन्छ ? आफुुु सुरक्षित ठान्दाठान्दै नाम र कागजात फर्जी कामका लागि प्रयोग गरिदाँ नखाएको बिष लागिरहेको छ यतिबेला । यस्तै अनलाईनको घटना प्रहरीमा दर्ता भएपछि खुलासा भएको हो । धन्धा मान्नु पर्दैन । गल्ती नै गरेको छैन भने के को त्रासमा बाच्नु ?
कहिँले काहिँ अनुसन्धानका लागि तपाई लाई प्रहरीले खोज्न सक्छ ? न आत्तिनु होला ? तपाईले आफ्नो विवरण सहज रुपमा दिएर प्रहरीको अनुसन्धानमा सहयोग गर्नुहोला ? किनकि तपाई निर्दोष सावित गर्न प्रहरीलाई समय खर्च गर्न नपरोस् ।
अनलाईनको ठगि गर्ने गिरोहले तपाईको नाममा लाखौको कारोबार गरेको हुन सक्छ । ठगि कामका लागि अकाउँन्टमा तपाईको नाम हुन्छ भने कारोबार चाहि फर्जी देखिरहेको हुन्छ । हाल सालै जिल्ला प्रहरी कार्यालय बर्दियामा आधा दर्जन बढि अनलाईन ठगिका घटना दर्ता भएका छन् ।
प्रहरीले पत्तो लगाउँदै जादाँ सम्बन्धित व्यक्तिलाई थाहा हुदैन, तर बैकमा अकाउँन्ट खोलिएको हुन्छ । जो कोहिको नागरिकताबाट अनलाईन ठगि गर्ने गिरोहले बैक अकाउँन्ट खोल्दा सर्वसाधारण प्रहरीको अनुसन्धानमा दुःख पाईरहेका छन् । यस्तै बैकको अकाउन्टको ओपिडि कोड सेयर गर्दा ठगि भएको भेटिएको छ ।
जिल्ला प्रहरी कार्यालय गुलरियाका डिएसपी ऋषिराम घर्ती मगरले अनलाईन ठगि अनुसन्धानमा चुनौति रुपमा देखिएको बताउँदैे बर्दियामा अनलाईन ठगिका घटना बढेको बताउँछन् । पहिलो दिन टिकटकमा गफ गर्छन् । गफगाफले पाँचौ दिनसम्म नजिकको सम्बन्धमा विस्तार हुन्छ । बहुमुल्य सामान यूकेबाट कुरियर मार्फत पठाएको भनि डकुमेन्ट पठाउँदा ति यूवति प्रलोभनमा पर्छिन् ।
प्रलोभनमा पर्दा १९ लाख पचास गुमाउँन पुग्दा बल्ल झसङ भएर प्रहरीलाई हारगुहार गर्छिन् । अहिले त्यो घटनाको अनुसन्धानमा प्रहरी लागि परेको छ । यतिबेला प्रहरीलाई अनलाई ठगि टाउँको दुखाई बनेको छ । प्रहरीले फर्जी नागरिकताबाट खोलेको अकाउँन्टमा जम्मा भएको रकम झिकिसकेको भेटाउँदा ठगि गिरोहका सदस्य उम्किरहेका छन् ।