पुर्व विद्यार्थीद्वारा संस्था दर्ता गर्ने निर्णय
सोमबार, फागुन १९, २०८१ मा प्रकाशित

बर्दिया,फागुन १८ / शैक्षिक क्षेत्रको सुधारको लागि पुर्व विद्यार्थीहरुले संस्था दर्ता गर्ने निर्णय गरेका छन् । शारदा माध्यमिक विद्यालय मैनापोखरमा विस २०४३/२०४४ सालको एसएलसी ब्याजका पुर्व विद्यार्थीहरुले शनिबार उक्त निर्णय गरेका हुन् ।

गीता थापाको अध्यक्षता र पूर्व प्रधानाध्यापक विष्णु बरालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको भेलाले शारदा माध्यमिक विद्यालय मैनापोखरमा अध्ययन गरेका पूर्व सम्पूर्ण विद्यार्थीहरूलाई समेट्ने गरी पूर्व विद्यार्थी समाज शारदा माध्यमिक विद्यालय मैनापोखर नामक संस्था दर्ता गर्ने निर्णय गरेको जनाईएको छ ।

भेलाले कमलनाथ सुवेदीको संयोजकत्वमा अर्जुन सुवेदी, नारायण पौडेल, बिमला गुरुङ, तेजप्रसाद अधिकारी, शिवहरी दाहाल, गीता थापा, प्रयागराज थारु, भंगिराम थारुसहित ९ सदस्यीय तर्दथ समिति गठन गरेको छ । उक्त भेलाले विश्वविद्यालयका पूर्व प्रधानाध्यापक विष्णु बरालको संयोजकत्वमा शालिग्राम अधिकारी, तेजनाथ पौडेल, सीताराम थारु, सीता ढकालसहित पाँच सदस्य सल्लाहकार समिति पनि चयन गरेको छ ।

तत्काल विधान तयार गरि संस्थागत रुप दिई छिट्टै नै साधारण सभा गरी संस्थागत रूपमा अगाडि बढ्ने, शारदा माध्यमिक विद्यालय र समग्र बढैयातालको शैक्षिक क्षेत्रमा आफ्ना सामाजिक गतिविधिहरू सञ्चालन गर्ने पुर्व विद्यार्थीहरुको भेलाले निर्णय गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय