सिबिएपियु दिवस उल्लासमय
मङ्गलबार, फागुन २०, २०८१ मा प्रकाशित

बर्दिया,फागुन २०(फरकसमाचार)/ चोरी शिकार नियन्त्रण युवा परिचालन अभियान (सिबिएपियु) दिवस उल्लासमय तरिकाले मनाईएको छ ।

बर्दिया राष्ट्रिय निकुञ्ज, मध्यवर्ती क्षेत्र व्यवस्थापन समिति र चोरी शिकार नियन्त्रण युवा परिचालन अभियानको संयुक्त आयोजनामा गेरुवा गाउँपालिका –६ बेलभरिया खेलमैदानमा सिबिएपियु दिवस सोमबार उल्लासमय तरिकाले मनाईएको हो ।

कार्यक्रमका प्रमुख अथिती संघिय सांसद किशोर सिंह राठोरले बेलभरिया खेलमैदान परिसरमा स्वामीको बिरुवा रोपेर कार्यक्रमको उद्घाटन गरेका थिए ।

बर्दिया राष्ट्रिय निकुञ्जको जैविक विविधता संरक्षणका लागि संरक्षण सम्बन्धि जनचेतना फैलाउन योगदान पु¥याउने ४ जना पत्रकारलाई सम्मानपत्रले सम्मानित गरिएको छ । पत्रकार सन्तोष पौडेल, पुष्कर काफ्ले, मिन अधिकारी र प्रकाश पौडेललाई कार्यक्रमका प्रमुख राठोर र चोरी शिकार नियन्त्रण युवा परिचालन अभियानका अध्यक्ष हेमन्त प्रसाद आचार्यले सम्मानपत्र हस्तान्तरण गरेका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै संरक्षणमा चुनौती रहेको बर्दिया राष्ट्रिय निकुञ्जका बरिष्ठ संरक्षण अधिकृत डा.अशोक कुमार रामले बताए । ‘एक्लै संरक्षण गर्न सम्भव छैन,’वरिष्ठ संरक्षण अधिकृत रामले भने,‘स्थानीय सरकार र स्थानीयहरुको सहयोग बिना संरक्षणको कल्पना पनि गर्न सकिदैन ।’ सोही अवसरमा भलिबल र डोरी तान्ने खेल प्रतियोगिताको आयोजना गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय