बर्दियामा लागु औषधसहित दुई जना पक्राउ
मङ्गलबार, फागुन २०, २०८१ मा प्रकाशित

बर्दिया,फागुन २०(फरकसमाचार)/ लागु औषध ब्राउन सुगरसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । बढैयाताल गाउँपालिका–७ कण्ठपुर स्थितबाट लागु औषध ब्राउन सुगरसहित दुई जनालाई आइतबार पक्राउ गरि सोमबार प्रहरीले सार्वजनिक गरेको हो ।

पक्राउ पर्नेमा जिल्ला सुर्खेत बीरेन्द्रनगर नगरपालिका–२ का २४ वर्षिय राम बहादुर नेपाली र २१ वर्षिय रामचन्द्र थापा रहेका छन् । दुवै जना भारतबाट नेपालतर्फ शंकास्पद रुपमा आइरहेको अवस्थामा नियन्त्रणमा लिई चेकजाँच गर्दा लागु औषध फेला परेको प्रहरीले जनाएको छ ।

उनीहरुले प्रयोग गरेको हेल्मेटमा लुकाई राखेको अवस्थामा ५ ग्राम ७ सय ९० मिलीग्राम लागु औषध ब्राउन सुगर जस्तो देखिने खैरो धुलो पदार्थ फेला परेको प्रहरीले जनाएको छ । दुवै जनालाई नियन्त्रणमा लिई अदालतबाट पाँच दिनको म्याद लिई थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय गुलरियाका डिएसपी ऋषिराम घर्ती मगरले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय