उत्कृष्ट काम गर्ने दश सदस्य सम्मानित
बिहिबार, फागुन २२, २०८१ मा प्रकाशित

बर्दिया,फागुन २२(फरकसमाचार)/ कालिका लघुवित्त संस्था लिमिटेड शाखा कार्यालय मैनापोखरले उत्कृष्ट काम गर्ने दश जना सदस्यलाई सम्मानित गरेको छ । केन्द्र प्रमुख गोष्ठी तथा साक्षरता कार्यक्रमको अवसरमा बुधबार दश जना सदस्यलाई कालिका लघुवित्त संस्था शाखा मैनापोखरले सम्मानित गरेको हो ।

आर्थिक वर्ष ०८०/०८१ को वार्षिक केन्द्र मुल्यांकनको आधारमा उत्कृष्ट काम गर्ने केन्द्र प्रमुख, ऋणी तथा बचत कर्ता सदस्यलाई लघुवित्तले सम्मानित गरेको छ ।

तीन जनालाई नगद तथा सम्मानपत्र र सात जनालाई प्रमाणपत्रले सम्मान गरिएको कालिका लघुवित्त लिमिटेड मैनापोखरका प्रबन्धक कृष्ण बहादुर बलायरले बताए ।

‘प्रथम हुनेलाई रु ३ हजार एक, दोस्रोलाई रु २ हजार एक र तेस्रो हुनेलाई रु एक हजार एकले सम्मानित गरिएको छ,’शाखा प्रबन्ध बलायरले भने,‘त्यसैगरि सात जनालाई प्रमाण पत्रले सम्मानित गरिएको छ ।’ लघुवित्तले जिल्लाको गुलरिया, बाँसगढी नगरपालिका र बढैयाताल गाउँपालिकामा कार्यक्षेत्र रहेको छ । उक्त मैनापोखर शाखा अन्तर्गत ६१ केन्द्र(समुह), ५ सय ५१ सदस्यहरु आबद्ध रहेका छन् ।

वर्ष दिनमा एक पटक केन्द्र प्रमुख गोष्ठी अन्तरक्रियाको आयोजना गर्ने गरेको कालिका लघुवित्त संस्था लिमिटेडका प्रमुख कार्यकारी अधिकृत कुल चन्द्र पराजुलीले बताए । ‘संस्थाले एक वर्षमा गरेको काम, कारोबार, कर्मचारीहरुले दिएको सेवा सुविधाको व्यापक छलफल गरिन्छ,’अधिकृत पराजुलीले भने,‘यस गोष्ठीमा तपाई सदस्यहरुको गुनासो, समस्या बुझ्ने र समाधान गरि नयाँपन ल्याउने उदेश्यले गोष्ठी आयोजना गरिएको छ ।’

पछिल्लो समयमा लघुवित्तलाई हेर्ने दृष्टिकोण फरक छ । जस कारण लघुवित्तले दिएको सेवा सुविधाको बारेमा स्पष्ट रुपमा राख्न जरुरी रहेको सुनाए । वित्तिय साक्षरतामा कर्जा किन लिने, कर्जा लिएर के गर्ने, कर्जा लिएर दुरुपयोग गरियो भने के हुन्छ गाउँ टोलमा सन्देश दिईरहेको भनाई राखे ।

हालसम्म ४८ जिल्लामा कार्यक्षेत्र बनाई १ सय ५ शाखा संचालित रहेको प्रमुख कार्यकारी अधिकृत पराजुलीले बताए । ‘उक्त लघुवित्तमा १५ हजार ७ सय ४२ समुह छन्,अधिकृतले पराजुलीले भने,‘जसमा ७८ हजार ७ सय ६ जना महिला दिदी बहिनीहरु आबद्ध रहेका छन् ।’

प्रतिक्रिया

सम्बन्धित खवर