विविध सवालमा युवाहरुसंग संवाद
शनिबार, फागुन २४, २०८१ मा प्रकाशित

बर्दिया,फागुन २४(फरकसमाचार) / स्थानीय सरकारको बजेट नीति तथा कार्यक्रम, जलवायु, जातीय विभेद र असमानताको सवालमा स्थानीय युवाहरुसंग संवाद गरिएको छ । गुलरिया नगरपालिका वडा नं. ११, ब्रिटिस कान्सिल नेपाल, दलित लाइम्भस म्याटर ग्लोबल अलाइन्स, द नेपाली फाउण्डेशन फर मिडिया कम्युनिकेशन एण्ड डेभलपमेन्ट ग्रुप र पूर्णतारा फाउण्डेशन नेपालको आयोजनामा शुक्रबार स्थानीय युवाहरुसंग संवाद गरिएको हो ।

स्थानीय सरकारको बजेट नीति तथा कार्यक्रमको बारेमा स्थानीयहरुले चासो देखाउनुपर्ने र स्थानीय सरकारले के कति कार्यक्रम संचालन गरेको बारेमा जानकारी राखेमा छुटेका अन्य कामको बारेमा स्थानीय सरकारको ध्यानाकर्षण गर्न सकिने संवादमा छलफल गरिएको छ ।

उक्त संवादमा स्थानीय सरकारको बजेट नीति तथा कार्यक्रमको बारेमा गुलरिया नगरपालिका–११ का वडा सचिव अजय शर्माले जानकारी गराएका थिए । त्यसैगरि जलवायु परिवर्तनले देखा पर्ने समस्या, जलवायु परिवर्तनका प्रमुख कारण, असर र न्युनिकरण उपायहरुको बारेमा सहजकर्ता निर्मल सुवेदीले सहजीकरण गरेका थिए ।

त्यसैगरि जातीय विभेद सम्बन्धि प्रेम विश्वकर्मा र असमानता सम्बन्धि तारा कुमारी खत्रीले प्रस्तुतीकरण गरेकी थिईन् । कार्यक्रम द नेपाली फाउण्डेशन फर मिडिया कम्युनिकेशन एण्ड डेभलपमेन्ट ग्रुपका गरिमा रक्षक रविन कुमार थारुको अध्यक्षतामा सम्पन्न भएको थियो ।

कार्यक्रममा गुलरिया नगरपालिका वडा नं. ११ का वडा अध्यक्ष विष्णु यादव, गुलरियन नगरपालिका कार्यपालिका सदस्य नैन सुनार, दलित लाईभ्स भ्याटर ग्लोबल अलान्यसकी ब्रिधिका सेन्चुरी, जनमत पार्टीका नेता मन्साराम यादवलगायत स्थानीयहरुको उपस्थिती रहेको थियो ।

कार्यक्रममा स्वागत मन्तव्य द नेपाली फाउण्डेशन फर मिडिया कम्युनिकेशन एण्ड डेभलपमेन्ट ग्रुपकी उपाध्यक्ष सृजना कुमारी थारुले राखेकी थिईन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय