अबैध सामान बरामद
मङ्गलबार, फागुन २७, २०८१ मा प्रकाशित

बर्दिया,फागुन २७(फरकसमाचार)/ भारतबाट भन्सार छली अबैध रुपमा ल्याईएको सामान प्रहरीले बरामद गरेको छ । बढैयाताल गाउँपालिका–७ स्थितबाट अबैध सामान प्रहरीले सोमबार बरामद गरेको हो । भारतबाट नेपालतर्फ ल्याई बेवारिसे अवस्थामा थुपारिएको मुल्य रु १० हजार ७ सय बराबरको किराना जन्य सामान फेला परेको प्रहरीले दाबी गरेको छ ।

आइतबार बढैयाताल गाउँपालिका–२ फुटाह स्थित डल्लपमा लोड गरि नेपालबाट भारततर्फ लैजाँदै गरेको अवस्थामा १० क्विन्टल सुगन्ध कोकिला नामक जडिबुटि बरामद भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार बरामद जडिबुटिको बजार मुल्य रु ५ लाख रहेको छ । बरामद जडिबुटि कारवाहीको लागि डिभिजन वन कार्यालयमा बुझाएको प्रहरीले जनाएको छ ।

गुलरिया नगरपालिका–११ स्थितबाट गत शुक्रबार अबैध रुपमा ल्याउँदै गरेको मुल्य रु २६ हजार ६ सय बराबरको किराना जन्य सामान बरामद भएको प्रहरीले जनाएको छ ।

त्यसैगरि फागुन ५ गते गुलरिया नगरपालिका–७ स्थित पहिचान नखुलेको भे २ प ४८८ नंम्बरको सुपर स्पेलेण्डर मोटरसाइकल बेवारिसे अवस्थामा फेला पारी आवश्यक कारवाहीको लागि राजापुर भन्सार कार्यालयमा बुझाएको प्रहरीले सोमबार जारी गरेको प्रेस विज्ञप्तीमा उल्लेख छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय