गुलरिया नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शाह सम्मानित
मङ्गलबार, फागुन २७, २०८१ मा प्रकाशित

बर्दिया,फागुन २७ (फरकसमाचार) / गुलरिया नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ओमकार शाह सोमबार सम्मानित भएका छन् । गुलरिया नगर कार्यपालिकाको बैठकले नगरपालिकामा गरेको योगदानको उच्च मूल्याकंनको कदर गर्दै प्रमुख प्रशासकीय अधिकृत शाहलाई सम्मानित गरेको हो ।

नगरपालिकाले कर्मचारीको मनोबल उच्च पार्न केहि सूचक निर्धारण गरेर सम्मानको कार्यक्रम अघि बढाएको नगर प्रशासनले जनाएको छ । नगरपालिकाले निर्धारण गरेको सूचक मध्य प्राथमिकतामा विकास, समृद्धि, सुशासन, सेवा प्रवाहलाई राखेको छ । यस्ता सूचकमा मूल्याकंन गर्दा नगरपालिकामा प्रशासनिक भूमिकामा प्रमुख प्रशासकीय अधिकृत शाह अब्बल ठहर गरेको कार्यपालिकाको निष्कर्ष छ ।

गत बर्ष राष्ट्रिय बित्त आयोगको मूल्याकनमा आठ वटा स्थानिय तह मध्य गुलरिया उत्कृष्ठ नतिजा ल्याउँन सफल हुनुमा प्रमुख प्रशासकीय अधिकृत शाह लगायत कर्मचारीलाई नगर प्रमुख मुक्तिनाथ यादव सहित जनप्रतिनिधिको टिमले श्रय दिएको छ । नगर प्रमुख यादव लगायत कार्यपालिकाको टिमले सम्मान पत्र र खादा पहिराई शाहलाई सम्मानित गरेका छन् ।

नगरपालिकाले गरेको उच्च मूल्याकनले काम गर्न थप उर्जा र हौसला प्रदान गरेको उल्लेख गर्दै नगर प्रमुख यादव सहित जनप्रतिनिधि प्रति प्रमुख प्रशासकिय अधिकृत शाहले आभार प्रकट गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय